1 year ago
July 17, 2024
एजेन्सी – मिडफिल्डर लुका मोड्रिच स्पेनिस क्लब रियल म्याड्रिडको नयाँ कप्तान नियुक्त भएका छन् । क्लब सँग एक वर्ष सम्झौता नवीकरण गर्दै क्रोएसियन खेलाडी मोड्रिच क्लबको नयाँ कप्तान बनेका हुन् ।
गत सिजनको अन्त्यमा सकिएको सम्झौता मोड्रिचले १ वर्षका लागि नवीकरण गरेका हुन् । रियलका कप्तान नाचो क्लब छोडेर साउदी लिगमा गएसँगै कप्तानीको भूमिका खाली रहेको थियो । अब सो भूमिकामा मोड्रिच देखिने छन् ।
रियलले गत सिजन ला लिगा र च्याम्पियन्स लिग जितेको थियो । मोड्रिचको त्यो छैठौं च्याम्पियन्स लिग उपाधि रहेको थियो । हाल युवा खेलाडीमा जोड दिइरहेको रियलका लागि मोड्रिचको अनुभव अमूल्य साबित भएको छ ।
नयाँ अनुबन्ध एमबाप्पेले ९ नम्बरको जर्सी लिएपछि मोड्रिचले रियलमा १० नम्बरको जर्सी लाई निरन्जातरता दिनेछन्। युरो २०२४ बाट बाहिरिएपछि मोड्रिचले रियलको अमेरिकामा हुने प्रि-सिजनमा समेल हुने अपेक्षा गरिएको छ ।
न्यु जर्सीमा बार्सिलोनासँगको भेटअघि सिकागोमा एसी मिलानसँगको प्रिसिजनमा रियलको पहिलो भिडन्त रहनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]