default_image

9 years ago

February 6, 2017

मनाङको ह्याट्रिक यात्रामा झापा बाधक बन्न सक्ला ?

135 views

0 Bookmark

दिपक बोहोरा
झापा – घरेलु फुटबलको पछिल्लो एक महिनाको परिणामलाई मात्र हेर्ने हो भने पनि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको प्रदर्शन उच्च रहँदै आएको छ ।

Mmc

एक महिनामा टोली नकआउट फुटबलको चौथो फाइनलका लागि जुटिरहेको छ । घरेलु फुटबलमा यो सफलता सानो आक्न मिल्दैन । पुसको २३ गते टुबोर्ग हेटौंडा गोल्डकपको फाइनल खेलेको मनाङ सोमबार रमपम झापा गोल्डकपको फाइनलमा आयोजक झापा ११ विरुद्ध उत्रदैछ । झापा त्यो टोली जसले मोफसलमा अलग्गै पहिचान बनाएको छ । मनाङ, रुस्लान थ्री स्टार क्लब र विभागिय टोली पनि झापासँग सचेत भएर खेल्ने गर्दछन् । झापाले पनि अघिल्लो महिना काँकरभिट्टा गोल्डकपको उपाधि उचालेको थियो । यता मनाङको प्रदर्शन भने निकै लोभलाग्दो छ । हेटौडामा पुस २३ गते आर्मीसँग फाइनल हारेपछि मनाङले माघको ३ गते सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप र माघ १५ गते पोखरामा आहा रारा गोल्डकपको उपाधि जितेको थियो ।

आर्मीसँग २–० को हार बेहोरेको मनाङले पछिल्ला दुवै फाइनल १–० ले जितेको थियो । अब मनाङ उपाधिमा ह्याट्रिक गर्ने दाउमा झापाविरुद्ध उत्रदैछ । तर, झापालाई पन्छाउँदै उपाधि जित्नु मनाङका लागि सहज भने हुने छैन । झापा सजिलै हार मान्ने टोली होइन । पछिल्लो दुई बर्ष झापाले घरेलु फुटबलमा जुन छाप छोडेको छ, त्यो ए डिभिजन टोलीका लागि नै चुनौतिपूर्ण रहेको छ । मनाङले अघिल्ला तीन र आजको फाइनलमा अलग अलग टोलीको सामना गर्दैछ । हेटौडामा आर्मी, खप्तडमा सिएमजी क्लब संकटा र पोखरामा आयोजक सहारासँग फाइनल खेलेको थियो । यसपटक झापालाई उसकै मैदानमा हराउने चुनौति मनाङसँग छ ।

झापा गोल्डकपको फाइनल आयोजकका लागि भने नौलो होइन । गत बर्ष टोली आर्मीसँग फाइनलमा हारेको थियो । यसपटक आर्मी सेमिफाइनलमै रोकियो । मनाङ पहिलो पटक झापा गोल्डकपको फाइनल खेल्दैछ । मनाङको उपाधिमा ह्याट्रिक गर्ने दाउमा झापा बाधक बन्न सक्ला ?

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.