1 year ago
July 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बुधवार भएका खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन् ।
दिनको पहिलो खेलमा चर्च ब्वाइजले अमन बहादुर तामाङले ४५औं मिनेटमा गरेको गोलको मद्दतले थ्रीस्टार क्लब माथि १-० ले जित हात पारेको हो ।
जित सँगै चर्च ब्वाइजको २ खेलमा ३ अंक भएको छ । पराजित थ्रीस्टार क्लबको भने २ खेलमा कुनै अंक रहेको छैन ।
यस्तै दोस्रो जित दर्ता गर्ने क्रममा दिनको दोस्रो खेलमा एनआरटीले एफसी खुमलटार माथि १-० को जित निकालेको हो । जितमा सन्तोष गोङबाले ४५औं मिनेटमा गोल गरेका थिए ।
एनआरटीको २ खेलमा ६ अंक पुगेको छ । खुमलटारले भने २ खेलमा ३ अंक जोड्न सफल भएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]