8 months ago
July 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले लिग च्याम्पियनको हैसियतले एएफसीको क्लब प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछ ।
यसका लागि चर्च ब्वाइजले साउन २९ गते एएफसी च्यालेन्ज लिगको प्लेअफमा भुटानी लिग विजेता पारो एफसीको सामना गर्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सो खेलका लागि चर्च ब्वाइजले बलियो टोली निर्माण गर्ने भएको छ । केहि समय अघि नै क्लबले अनन्त तामाङले टोलीको कप्तानी गर्ने व्यहोरा सार्वजनिक गरिसकेको थियो । त्यसबाहेक क्लबले अन्य खेलाडी थप्दै बलियो टोली निर्माण गरिरहेको छ ।
गत सिजन क्लबको सफल लिग सिजनमा टोलीसँगै रहेका अनन्त बाहेकका अन्जन विष्ट र एरिक विष्टले क्लबसँग सम्झौता नविकरण गरेका छन् । त्यसबाहेक क्लबसँग मोफसल प्रतियोगिताहरुमा रहेका गोलकिपर दीप कार्कीले पनि क्लबसँग छन् ।
यसका साथै चर्च ब्वाइजले राष्ट्रिय टोलीका डिफेन्डर सनिश श्रेष्ठलाई समेत अनुबन्ध गरेको छ । गत सिजनको नेपाल सुपर लिग (एनएसएल) मा अनन्तसँगै रक्षापंक्तिमा खेलेका सनिश चर्च ब्वाइजमा जोडिएका छन् । यस्तै युवा मिडफिल्डर लाकेन लिम्बु र फरवार्ड आयुष घलानले समेत टोलीसंग सम्झौता गरेका छन् ।
सबै खेलाडीहरुको सम्झौता एएफसी च्यालेन्ज लिग अवधिभरका लागि रहने क्लब श्रोतले जनाएको छ । यसका साथै क्लबले केही विदेशी खेलाडीहरुको अनुबन्धका लागि पनि तयारि गरिरहेको छ ।
क्लबले बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षक निरन्तरता दिएको छ । गत सिजनको लिग उपाधि जित्दा अन्त्यमा महर्जन नै क्लबको मुख्य प्रशिक्षक थिए । प्रदिप हुमागाईको नेतृत्वमा स्टार खेलाडीले भरिएको टोलीले औसत प्रदर्शन मात्र गरेपछि क्लबले उनलाई बर्खास्त गरेको थियो । त्यसपछि महर्जनको नेतृत्वमा चर्च ब्वाइजले लय समात्दै लिगको पहिलो सहभागितामा नै उपाधि जितेको थियो ।
पारो विरुद्ध प्लेअफ खेलमा जित हासिल गर्न सकेमा चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । यस्तै अर्को प्रारम्भिक छनोट खेलमा अफगानिस्तानको अट्याक एफसी र किर्गिज गणतन्त्रको एफसी अबदिश-अटा खेल्नेछन् ।
समूह चरणका खेलहरू अक्टोबर २६ देखि नोभेम्बर २ मा हुनेछ । यदि समूह चरणका लागि छनोट भएमा चर्च ब्वाइजले प्रतियोगिताको लागि न्यूनतम एक लाख अमेरीकी डलर प्राप्त गर्नेछ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार एएफसी क्लब प्रतियोगिता संरचनाको परिमार्जित भागको रूपमा प्रतियोगिताको घोषणा गर्दै नयाँ तेस्रो तहको महाद्वीपीय पुरुष प्रतियोगिताको खेलहरूको मिति तय गरेको हो । प्रतियोगिताको समूह चरणमा १८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पछिल्लो सिजन दोस्रो तहको एएफसी कपको पहिलो चरणको छनोटमा नेपालको मछिन्द्र क्लबले पारो एफसीलाई नै रंगशालामा हराएको थियो । मछिन्द्र प्लेअफको दोस्रो खेलमा भने भारतीय टोली मोहुन बगान विरुद्ध कोलकत्तामा पराजित भएको थियो ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]
March 25, 2025
एजेन्सी – विश्व कप युरोपियन छनोटमा इङ्ग्ल्यान्डले लगातार जित निकालेको छ । वेम्बलीमा इङ्ग्ल्याण्डले लात्भियालाई सोमवार ३-० ले पराजित गर्यो । थोमस टुचेलले इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षकका रूपमा लगातार दोस्रो जित प्राप्त गरे। फिफा वरियताको १ सय ४०औं स्थानमा रहेको लात्भियाविरुद्ध गोलका लागि संघर्ष गर्यो । चेल्सीका कप्तान रिस जेम्सले ३८ औं मिनेटमा झन्डै २० यार्डबाट […]