1 year ago
July 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत सोमबार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दुवै खेल १-१ को बराबरीमा सकिएको हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र एफसी र सातदोबाटो युथ क्लबले बराबरी खेले । ६३औं मिनेटमा रोनिक राना मगरको गोलमा लिएको अग्रता पश्चात ७९औं मिनेटमा आदेश लामाले गोल गर्दै सातदोबाटोका लागि बराबरी गरेका थिए ।
बराबरी पश्चात मछिन्द्रको ३ खेलमा ५ अंक पुगेको छ भने सातदोबाटोको पहिलो अंक रहेको छ ।
यस्तै दिनको दोस्रो खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडले पनि बराबरी खेले । तेस्रो मिनेटमा नै पासाङ लामा गोलमा चर्च ब्वाइजले अग्रता लिएको थियो । तर दिवस राईले ७४औं मिनेटमा बराबरी गोल गरेका थिए ।
संकटाको ३ खेलमा १ अंक भएको छ । चर्च ब्वाइजले भने ३ खेलमा चौथो अंक जोडेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]