9 years ago
February 6, 2017
सिन्धुपाल्चोक(हाम्रोखेलकुद) – युवा संघ नेपाल सिन्धुपाल्चोकद्वारा आयोजित सिन्धु युवा कप -२, लामोसाघु बसन्तपुर खेल मैदानमा जारी खेलहरुमा आज भएको पहिलो खेलमा गोरखबहादुर गण र नबप्रतिभा युवा क्लब जित हासिल गर्दै क्वाटर फाईनलमा प्रवेश गरेका छन्।
आज भएको पहिलो खेलमा गोरखबहादुर गण चौतारा बिजयी भएको छ । उक्त खेलमा राईजिङ युवा क्लब स्वाँरालाई २ – ० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेक छ । सुरुवाती ५ औं मिनेटमा नै गोल गर्दै गणका राजेश मेचेले टिमलाई अग्रता दिलाए । त्यस्तै दोश्रो हाफको ४७ औं मिनेटमा अमृत खवासले थप १ गोल थपे पछि जित आफ्नो पक्षमा पारेको थियो ।
आजै भएको दोस्रो खेलमा नवप्रतिभा युवा क्लब बलेफीले नमुना युवा क्लब लामोसाँघुलाई ९-१ गोल अन्तर ले पराजित गरेको हो । नबप्रतिभा युवा क्लबका दिनेश कोन्जनले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए । दिनेशले खेल अबधीभर ४ गोल गर्न सफल भए । १,१०,३४,३५ र ६१ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जित दिलाए । नबयुवा क्लबबाट एक मात्र गोल ३५ औँ मिनेटमा साहिल बिस्टले गरे, ९-१ गोल अन्तरको जितसंगै नबप्रतिभा युवा क्लब क्वाटर फाईनलमा प्रबेस गरेको र नमुना युवा क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
भोलि हुने क्वाटर फाईनलका २ खेल न्यु खाडिचौर युवा क्लब विरूद्ध सुनकोसी युवा क्लब र युनाईटेड ठुलोपाखर बिरुद्ध न्यु जेनेरेशन युवा क्लब राम्चे बिच हुने छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]