1 year ago
July 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत बुधवार भएको खेलमा न्यू रोड टिम (एनआरटी) विजयी भएको छ । एनआरटीले एपिएफलाई १-० ले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा अन्तिम समयमा गोल गर्दै एनआरटीले तीन अंक जोडेको हो । एनआरटीका लागि इन्ज्युरी समयको पाँचौं मिनेटमा सन्तोष गोङबाले एकमात्र गोल गरे ।
जितसँगै एनआरटीले ४ खेलमा ९ अंक जोडेको छ । एपिएफको भने ४ खेलमा ७ अंक रहेको छ ।
यस्तै दिनको दोस्रो खेलमा संकटा क्लब र थ्रीस्टार क्लबले १&-१ को बराबरी खेलेका हुन् । थ्रीस्टारले ७९औं मिनेटमा लिएको अग्रता अन्तिम समयमा गुमाउँदै एक अंकमा चित्त बुझाउन बाध्य भएको थियो ।
बराबरी सँगै थ्रीस्टारको ४ खेलमा ४ अंक रहेको छ । संकटाले भने २ अंक मात्र जोड्न सफल भएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]