default_image

1 year ago

July 25, 2024

मछिन्द्र र चर्च ब्वाइज विजयी

835 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा मछिन्द्रले एफसी खुमलटार क्लबमाथि २-१ को जित दर्ता गरेको हो । कविर तामाङ र रोनिक राना मगरले मछिन्द्रका लागि गोल गरे । यस्तै खुमलटारका लागि पवन दर्लामीले गोल फर्काएका थिए ।

जित पछि मछिन्द्रको ४ खेलमा ८ अंक भएको छ भने पराजित खुमलटारको ३ अंक छ ।

यस्तै दिनको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी एफसी माथि २-० को जित निकालेको हो । चर्च ब्वाइजका लागि दावा छिरिङ लामा र शिशिर यस्मालीले समान १ गोल गरे ।

चर्च ब्वाइजको ४ खेलमा ७ अंक भएको छ भने आर्मीको समान ४ खेलमा मात्र १ अंक छ ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.