1 year ago
July 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग यसै महिना खेल्ने एएफसी च्यालेन्ज लिग छनोट खेलको टिकट बिक्रीका लागि सम्झौता गरेको छ ।
टिकट बिक्रीका लागि चर्च ब्वाइजले खल्ती एपसँग सोमबार सम्झौता गरेको छ । सम्झौतामा चर्च ब्वाइजका अध्यक्ष टंकलाल राई र खल्तीकी सहायक प्रबन्धक पुजा धामीले हस्ताक्षर गरे । सम्झौता अनुसार टिकटिङ अधिकार चर्च ब्वाईजसँग रहने छ भने खल्ती मार्फत बिक्री मात्र गर्ने भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साउन २९ गते हुने खेलको टिकट मुल्य समेत निर्धारण भएको छ । साधारण प्यारापिटतर्फ २ सय र भिआपी तर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको चर्च ब्वाइजले जनाएको छ।
चर्च ब्वाइजले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियनको हैसियतमा एएफसीको क्लब प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछ । पारो भुटानको लिग च्याम्पियन हो ।
प्लेअफको विजताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । यस्तै अर्को प्रारम्भिक छनोट खेलमा अफगानिस्तानको अट्याक एफसी र किर्गिज गणतन्त्रको एफसी अबदिश-अटा खेल्नेछन् ।
समूह चरणका खेलहरू अक्टोबर २६ देखि नोभेम्बर २ मा हुनेछ । यदि समूह चरणका लागि छनोट हुने टोलीले अर्को चरणको सहभागिताका लागि कम्तीमा १ लाख अमेरीकी डलर प्राप्त गर्नेछ । खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]