default_image

8 months ago

July 29, 2024

जापानी स्टार होन्डा दशरथ रंगशालामा आउने

5767 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानी स्टार केसुके होन्डा यसै महिनाको अन्त्यमा दशरथ रंगशालामा हुने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा आउने भएका छन् ।

साउन २९ गते हुने च्यालेन्ज लिगको छनोटमा नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेड र भुटानको पारो फुटबल क्लब खेल्दैछन् । उक्त खेलका लागि पारोले जापानी मिडफिल्डर होन्डालाई अनुबन्ध गरेको हो । पारोले झन्डै एक दर्जन विदेशी खेलाडी अनुबन्ध गरेकोमा जापानी स्टार पनि नेपाल आउनेछन् ।

यसबाहेक गत सिजन नेपाल सुपर लिगमा एफसी चितवनबाट खेलेका डिफेन्डर मार्को इभानोभिच र बीरगंज युनाइटेडबाट खेलेका मिडफिल्डर विलियम ओपोकु पनि पारोमा छन् । भुटानका राष्ट्रिय टोलीका खेलाडी समेत रहेको टोलीको प्रशिक्षकमा पुष्पलाल शर्मा छन् ।

खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ । त्यस्तै खेलका लागि चर्च ब्वाइज र खल्तीबीच टिकटका लागि सम्झौता भइसकेको छ । साधारणतर्फ २ सय र भीआइपी तर्फ ५ सय रुपैयाँ टिकट दर रहेको छ । खेलको लागि खल्तीबाट टिकट खरिद गर्न सकिनेछ ।

चर्च ब्वाइजले दुई साताअघि देखि खेलका लागि तयारी सुरु गरिसकेको छ । अनन्त तामाङको कप्तानीमा रहेको टोलीमा लिग सिजनमा टोलीमा रहेका अन्जन विष्ट र एरिक विष्टले सम्झौता नविकरण गरेका छन् ।

गोलकिपर दीप कार्की,डिफेन्डर सनिश श्रेष्ठ, मिडफिल्डर लाकेन लिम्बु र फरवार्ड आयुष घलान पनि चर्च ब्वाइजमा आबद्ध भएका छन् । यसबाहेक क्लबले राष्ट्रिय टोलीका डिफेन्डर सौभाग्य राई, छिरिङ्ग लामा तथा थ्री स्टारबाट डिफेन्डर योगेश गुरुङसँगै मिडफिल्डर रोहन कार्कीलाई पनि अनुबन्ध गरेको छ ।

चर्च ब्वाइजले डिफेन्डर ओमोलाजा करीम र मिडफिल्डर पिटर बान्डासँगै केही विदेशी खेलाडीहरुको अनुबन्धका लागि पनि तयारी गरिरहेको बताइएको छ । बालगोपाल महर्जन टोलीको मुख्य प्रशिक्षक रहेका छन् । उनकै प्रशिक्षणमा चर्च ब्वाइजले लिग जितेको थियो ।

पारो विरुद्ध प्लेअफ खेल जितेमा चर्च ब्वाइज एएफसी च्यालेन्ज लिगको समूह चरण पुग्नेछ । प्ले अफ जित्ने टोलीले १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार एएफसी क्लब प्रतियोगिता संरचनाको परिमार्जित भागको रूपमा प्रतियोगिताको घोषणा गरेको थियो । प्रतियोगिताको समूह चरणमा १८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुनेछ । नेपालको लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङले चर्च ब्वाइजलाई प्रतियोगिता र प्रशिक्षणका लागि आवश्यक म्याच बल उपलब्ध गराएको हो । केल्मी र एएफसीबीच सन् २०२१ देखि २०२४ सम्म एएफसीका प्रतियोगितामा केल्मीको सामग्री प्रयोग गर्ने सहकार्य रहेको छ । तर उक्त सहकार्य मुख्य प्रतियोगितामा मात्र लागु हुँदै आएको छ ।

कामारु ट्रेडिङले प्लेअफ चरण भएपनि चर्च ब्वाइजको प्रशिक्षणमा सहयोग पुग्ने हेतुले आवश्यक बल उपलब्ध गराएको हो ।

पछिल्लो सिजन दोस्रो तहको एएफसी कपको पहिलो चरणको छनोटमा नेपालको मछिन्द्र क्लबले पारो एफसीलाई नै रंगशालामा हराएको थियो । मछिन्द्र प्लेअफको दोस्रो खेलमा भने भारतीय टोली मोहुन बगान विरुद्ध कोलकत्तामा पराजित भएको थियो ।

March 25, 2025

एन्फा कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]

March 25, 2025

नेपाली फुटबल टोलीले अर्को इतिहास रच्ला?

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]

March 25, 2025

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको जित

एजेन्सी – विश्व कप युरोपियन छनोटमा इङ्ग्ल्यान्डले लगातार जित निकालेको छ । वेम्बलीमा इङ्ग्ल्याण्डले लात्भियालाई सोमवार ३-० ले पराजित गर्यो । थोमस टुचेलले इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षकका रूपमा लगातार दोस्रो जित प्राप्त गरे। फिफा वरियताको १ सय ४०औं स्थानमा रहेको लात्भियाविरुद्ध गोलका लागि संघर्ष गर्यो । चेल्सीका कप्तान रिस जेम्सले ३८ औं मिनेटमा झन्डै २० यार्डबाट […]

Success

Thank you for your time.