default_image

1 year ago

July 30, 2024

पूर्व फुटबलर राईको अन्त्येष्टिमा शुभचिन्तकको बाक्लो उपस्थिति

1193 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड
हृदयघातका कारण निधन भएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको आज अन्त्येष्टि गरिएको छ ।

आज बिहान हल्दिबारी गाउँपालिकास्थित भेलागुडी वनमा किरात संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिमा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, महासचिव भगिरथ आले मामा, फिफा रेफ्री श्याम दनुवार, कोशी प्रदेश फुटबल रेफ्री संघका महासचिव प्रदिप बस्नेत, राष्ट्रिय महिला फुटबल टिमका सदस्य गीता राना, पूजा राना लगायत फुटबलसँग सम्वद्ध व्यक्ति तथा खेलाडहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, भद्रपुर तथा आसपासका उनका शुभचिन्तकहरुले राईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको थियो । उनी फुटबल संघको पूर्वउपाध्यक्ष पनि हुन् । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय उनको उपचारको क्रममा निधन भएको थियो ।

२०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य पनि थिए ।

उनी एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए ।

झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट संन्यास लिएका थिए ।

उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका थिए भने भद्रपुर झापा गोल्डकपको युवा टिमको प्रशिक्षक थिए ।

फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै झापा गोल्डकपले २०७५ फागुन २५ गते र भद्रपुर झापा गोल्डकपले २०७९ फागुन १७ गते उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानसमेत गरेका थिए ।

२०४२ सालदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट यस क्षेत्रमा लागेका राईले नेपालको विभिन्न ए डिभिजन क्लबमा आवद्ध रही धेरै प्रतियोगिता खेलेका थिए ।

राईले २०५२ सालमा न्युरोड टिम (एनआरटी)मा आवद्ध भएपछि मालदिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

त्यस्तै, २०५३ सालमा यु १९ को उमेर समूहबाट थाइल्यान्डमा भएको प्रतियोगितामा सहभागिता जनाएर अन्तर्राष्ट्रिय तीन गोल गरेका थिए ।

२०७५ फागुनमा भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपाली महिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनाल क्लबका प्रशिक्षक थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.