1 year ago
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ललित स्मृति यु-१८ मा मंगलबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले गोलकोको वर्षाका साथ फराकिलो जित दर्ता गरेका छन् ।
दिनको पहिलो खेलमा जावलाखेलले चर्च ब्वाइज युनाइटेड माथि ४-२ को जित हात पारेको हो । जावलाखेलका लागि विवश दर्लामीले ह्याट्रिक पूरा गरे । प्रशान्त तामाङले एक गोल गरे । चर्च ब्वाइजका लागि अमन बहादुर तामाङ र पासाङ लामाले गोल गरेका थिए ।
जित पछि जावलाखेलको ५ खेलमा ५ अंक पुगेको छ । चर्च ब्वाइजको ५ खेलमा ७ अंक छ ।
दिनको दोस्रो खेलमा पुलिसले सातदोबाटो युथ क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्यो । पुलिसका लागि सुबाश बम र विक्रम गौतमले समान २ गोल गरे ।
यस्तै सजन राज गौतम र गणेश पुलामी मगरले समान गोल गरे । सातदोबाटोका लागि खेलको अन्तिम समयमा निष्पक्ष बरालले १ गोल फर्काएका थिए ।
जित पछि पुलिस ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले भने ५ खेलमा ४ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]