default_image

1 year ago

August 2, 2024

आर्मीले सिलोङ लाजोङको‌ सामना गर्दै

1212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपमा‌ आफ्नो पहिलो खेल आज खेल्दैछ ।

समूह एफ मा रहेको आर्मीले पहिलो खेलमा सिलोङ लाजोङ फुटबल क्लबको सामना गर्दैछ । आर्मी र सिलोङ बीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ ।

आर्मी र सिलोङ दुवैको प्रतियोगितामा यो पहिलो खेल हो । आर्मीले अर्को बिहीवार एफसी गोवासँग खेल्नेछ । आर्मीले समूह चरणको अन्तिम खेल साउन २९ गते आइएसएल टोली हैदरावादसँग खेल्नेछ ।

लिग चरणपछि हरेक समूहको विजेताले नकआउटमा पुग्नेछन् । त्यस्तै ६ समूह मध्येबाट उत्कृष्ट २ उपविजेता टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल‌ भदौ १५ गते हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.