default_image

1 year ago

August 2, 2024

लेस्टरका पूर्व प्रशिक्षकको निधन

423 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटीका पूर्व प्रशिक्षक क्रेग शेक्सपियरको ६० वर्षको उमेरमा निधन भएको छ । शेक्सपियरले गत २०२३ अक्टोबरदेखि क्यान्सरको उपचार गराइरहेका थिए ।

लेस्टरका प्रशिक्षकसँगै उनले वेस्ट ब्रोम, हल, एभर्टन, वाटफोर्ड, एस्टन भिल्ला र नर्विच सिटीमा पनि काम गरेका थिए । उनी सन् २०१६ मा इंङल्याण्डको सहायक प्रशिक्षक समेत बनेका थिए ।

लिग प्रबन्धक संघमार्फत उनको परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा शेक्सपियरको ‘परिवारले घेरिएको घरमा शान्तिपूर्वक निधन भएको’ बताएको छ ।

शेक्सपियर २०१५–१६ क्लाउडियो रानिएरीको सहायक थिए । त्यसबेला लेस्टरले अविश्वसनीय रुपमा प्रिमियर लिगको उपाधि जितेको थियो ।

उनले फेब्रुअरी २०१७ मा रानिएरीको स्थान लिदै लेस्टरको मुख्य प्रशिक्षक बने । तीन वर्षको लागि प्रशक्षक बनेका उनी अक्टोबरमा बर्खास्त हुन पुगेका थिए । उनी १० अप्रिल २०२३ मा लेस्टरकै सहायक प्रशिक्षक बनेका थिए ।

मिडफिल्डरको रूपमा आफ्नो खेल जीवनको दौडान, उनले वाल्सल, शेफिल्ड वेनडेसडे, वेस्ट ब्रोम, ग्रिम्स्बी, स्कुनथोर्प, टेलफोर्ड र हेडनेसफोर्डका लागि खेलेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.