10 years ago
September 26, 2015
सात्दोबाटो स्थित एन्फा कोम्प्लेक्समा जारी राष्ट्र लिगमा मनाङले लुम्बिनीलाई २-० गोलले हराएको छ | रुपेश केसी र अनिल गुरुङको गोलको मद्दत्ले मनाङले खेलबाट पुर्ण ३ अंक बटुल्दै आफुलाई लिगको बल्लियो दाबेदर साबित गरेको छ |
पस्चिमाञ्चल बिरुद्ध को सान्दार ६-० को बिजय पश्चात खेल मा उत्रेको मनाङ पहिलो हाल्फमा गोल गर्न चुक्यो | तर रुपेश केसीको ५५औ मिनेटको क्लिनिकल फिनिश्ले अग्रता लिएको मनाङ त्यस पछी पनि थुप्रै अवसर बुन्दै गयो |
इन्जुरी टाइमको चौथो मिनेटमा बिशाल राइको पास सदुपयोग गर्दै मानङका कप्तान अनिल गुरुङले गोल गर्दै जित सुनिस्चित गरे |
सिर्श स्थानमा रहेको झापा भन्दा २ खेल कम खेलेको मनाङ तेस्रो स्थानमा २ अंक तल छ | दोस्रो स्थानको थ्री स्टारको पनि समान १९ अंक छ |
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]