1 year ago
August 6, 2024
एजेन्सी – प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडले जर्मन क्लब बोरुसिया डर्टमुण्डका फरवार्ड निकलस फुलक्रगलाई अनुबन्ध गरेको छ ।
वेस्ट ह्यामले जर्मनीका स्ट्राइकर निकलस फुलक्रगलाई बोरुसिया डर्टमुण्डबाट २७ मिलियन पाउण्डमा चार वर्षको लागि अनुबन्ध गरेको हो ।
गत समरमा अर्काे जर्मन टोली वेर्डर ब्रेमेनबाट डर्टमुण्डमा आवद्ध भएका ३१ वर्षीया फुलक्रगले २०२३–२४ मा ४६ खेलमा १५ गोल गरेका थिए । उनले टोलीलाई च्याम्पियन्स लिगको उपविजेता बनाउन भुमिका निभाएका थिए।
युरो कप २०२४ को क्वाटरफाइनलमा आयोजक जर्मनीको यात्रा रोकिए पनि उनले पहिलो रोजाईमा अवसर नपाएपनि वेन्चबाट मैदान छिर्दै दुई गोल गर्न सफल भएका थिए ।
‘म यहाँ आउन पाउँदा खुसी छु, म मेरो नयाँ टोलीका साथीहरूसँग पिचमा खेल्न उत्साहित छु । फुलक्रगले भने । ‘मलाई लाग्छ कि प्रिमियर लिग विश्वको उत्कृष्ट लिग हो, र मेरो लागि यो इङ्ल्यान्ड जाने र वेस्ट ह्याम जस्तो ठूलो क्लबबाट खेल्ने सही समय हो ।’
‘मैले लामो समयदेखि वेस्ट ह्यामको बारेमा सोचिरहेको छु – म प्राविधिक निर्देशक टिम स्टेडटनलाई राम्ररी चिन्छु, किनकि हामीसँग वेर्डर ब्रेमेनमा इतिहास छ, र मैले केही खेलहरू हेरेको छु र टोलीमा कति गुणस्तर छ भनेर देखेको छु ।’ उनले थपे ।
फुलक्रग नयाँ सिजनका लागि नयाँ प्रशिक्षक जुलेन लोपेटेगुईको पाँचौं हस्ताक्षर हो । यसअघि वेस्ट ह्यामले वल्भ्सका पूर्व कप्तान म्याक्स किल्म्यानलाई २५ मिलियन पाउण्डमा, लिड्सबाट डच फरवार्ड क्रिसेन्सियो समरभिल, शेफिल्ड युनाइटेडका गोलकिपर वेस फोडेरिङहम र ब्राजिलियन विंगर लुइस गुइल्हेर्मेलाई अनुबन्ध गरिसकेको छ ।
गत सिजन प्रिमियर लिगमा नवौं स्थानमा रहेको वेस्ट ह्याम म्यानचेस्टर युनाइटेडका फुल ब्याक आरोन वान–बिसाकालाई पनि सम्झौता गर्ने योजनामा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]