default_image

1 year ago

August 6, 2024

जर्मन फरवार्ड वेस्ट ह्याममा अनुबन्धित

569 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडले जर्मन क्लब बोरुसिया डर्टमुण्डका फरवार्ड निकलस फुलक्रगलाई अनुबन्ध गरेको छ

वेस्ट ह्यामले जर्मनीका स्ट्राइकर निकलस फुलक्रगलाई बोरुसिया डर्टमुण्डबाट २७ मिलियन पाउण्डमा चार वर्षको लागि अनुबन्ध गरेको हो ।

गत समरमा अर्काे जर्मन टोली वेर्डर ब्रेमेनबाट डर्टमुण्डमा आवद्ध भएका ३१ वर्षीया फुलक्रगले २०२३–२४ मा ४६ खेलमा १५ गोल गरेका थिए । उनले टोलीलाई च्याम्पियन्स लिगको उपविजेता बनाउन भुमिका निभाएका थिए।

युरो कप २०२४ को क्वाटरफाइनलमा आयोजक जर्मनीको यात्रा रोकिए पनि उनले पहिलो रोजाईमा अवसर नपाएपनि वेन्चबाट मैदान छिर्दै दुई गोल गर्न सफल भएका थिए ।

‘म यहाँ आउन पाउँदा खुसी छु, म मेरो नयाँ टोलीका साथीहरूसँग पिचमा खेल्न उत्साहित छु । फुलक्रगले भने । ‘मलाई लाग्छ कि प्रिमियर लिग विश्वको उत्कृष्ट लिग हो, र मेरो लागि यो इङ्ल्यान्ड जाने र वेस्ट ह्याम जस्तो ठूलो क्लबबाट खेल्ने सही समय हो ।’

‘मैले लामो समयदेखि वेस्ट ह्यामको बारेमा सोचिरहेको छु – म प्राविधिक निर्देशक टिम स्टेडटनलाई राम्ररी चिन्छु, किनकि हामीसँग वेर्डर ब्रेमेनमा इतिहास छ, र मैले केही खेलहरू हेरेको छु र टोलीमा कति गुणस्तर छ भनेर देखेको छु ।’ उनले थपे ।

फुलक्रग नयाँ सिजनका लागि नयाँ प्रशिक्षक जुलेन लोपेटेगुईको पाँचौं हस्ताक्षर हो । यसअघि वेस्ट ह्यामले वल्भ्सका पूर्व कप्तान म्याक्स किल्म्यानलाई २५ मिलियन पाउण्डमा, लिड्सबाट डच फरवार्ड क्रिसेन्सियो समरभिल, शेफिल्ड युनाइटेडका गोलकिपर वेस फोडेरिङहम र ब्राजिलियन विंगर लुइस गुइल्हेर्मेलाई अनुबन्ध गरिसकेको छ ।

गत सिजन प्रिमियर लिगमा नवौं स्थानमा रहेको वेस्ट ह्याम म्यानचेस्टर युनाइटेडका फुल ब्याक आरोन वान–बिसाकालाई पनि सम्झौता गर्ने योजनामा छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.