default_image

1 year ago

August 6, 2024

रेखा युएईको क्लबमा आबद्ध

795 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली तथा नेपाल पुलिस क्लबकी‌ फरवार्ड रेखा पौडेलले‌ व्यावसायिक फुटबलका लागि नयाँ सम्झौता गरेकी छिन्।

रेखाले संयुक्त अरब इमिरेट्स (यएई) को अबु धाबी काउन्टी क्लबसँग सम्झौता गरेको रेखाले मंगलवार सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

अबु धाबी काउन्टी क्लब (युएई) प्रो लिग च्याम्पियनसिपको शीर्ष टोलीहरू मध्यको एकसँग सम्झौता गर्दा मा निकै खुसी छु, यो मेरो करियरको लागि ठूलो उपलब्धि हो , उनले लेखेकी छिन्, ‘ यो अवसर र यहाँ सम्म पुराउन सहयोग गर्ने मेरी आमा, मेरो घर इटहरी र मेरो देश प्रती म सधैं आभारी छु ।’

रेखाले यसअघि भारतीय क्लबबाट त्यहाँको लिग खेलिसकेकी छिन्। उनले अगाडि भमेकी छिन्,’ मेरो क्लब, नेपाल पुलिस क्लबलाई पनि धेरै धन्यवाद। त्यहाँ प्राप्त गरेको अनुभव, समर्थन, र मार्गदर्शनले मलाई आजको खेलाडी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

तपाईंहरूको अवसर र परामर्शको लागि म सधैं आभारी रहनेछु। नयाँ सुरुवात र ठूला चुनौतीहरूका लागि म सधै तयार छु , मेहेनतको यो प्रतिफल पाउदा निकै खुसी छु ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.