1 year ago
August 7, 2024
एजेन्सी- स्पेनिस क्लब बार्सिलोना प्रि सिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब एस मिलानसँग पेनाल्टी सुटआउटमा पराजित भएको छ ।
अमेरिकामा बुधबार बिहान भएको खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा बार्सिलोनाले ४-३ को हार बेहोरेको हो ।
मिलानका लागि लुका जोभिकले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए थिए । क्रिष्टियन पुलिसिकले १५ औं मिनेटमा दोस्रो गोल गरे । सुरुआती १५ मिनेटमा नै दुई गोलका साथ मिलानले बार्सामाथि दबाब बनाएको थियो ।
२२औं मिनेटमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता घटाएका थिए । ५८ औं मिनेटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पेनाल्टी सुट आउटमा मिलानले बाजी मार्यो।
इटालियन सिरी एको नयाँ सिजन अगस्ट १७ बाट सुरु हुनेछ। मिलानले अगस्ट १८ मा टोरिनोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ।
स्पेनिस ला लिगा भने अगस्ट १५ मा सुरु हुनेछ। बार्साले सिजनको पहिलो खेल अगस्ट १८ मा भ्यालेन्सियासँग खैल्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]