default_image

1 year ago

August 7, 2024

रियलसँग चेल्सी पराजित

1298 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सीलाई हराएको छ । अमेरिकामा बुधवार भएको खेलमा रियलले चेल्सीलाई २-१ ले हराएको हो ।

तीनै गोल पहिलो हाफमा भएका थिए । रियललाई जित दिलाउन लुकास भाज्क्वेज र ब्राहिम डिआजले गोल गरेका थिए। चेल्सीका‌ लागि नोनी माडुकेले गोल गरेका थिए।

१९ औं मिनेटमा भाज्क्वेजको गोलमा रियलले अग्रता लिएको थियो । २७ औं मिनेटमा डिआजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए । चेल्सीको लागि ३९ औं मिनेटमा माडुकेले गोल गरेका थिए ।

स्पेनिस ला‌ लिगाको‌ नयाँ सिजन अगस्ट १५ मा सुरु हुनेछ। मालोर्कासँग अगस्ट १९ मा खेल्दै रियलले नयाँ सिजनको‌ सुरुवात गर्नेछ। त्यसअघि रियलले अगस्ट १५ मा एटलान्टासँग युइएफए सुपर कपमा खेल्नेछ।

प्रिमियर लिगको नयाँ सिजनको सुरुवात अगस्ट १७ मा हुनेछ। चेल्सीले अगस्ट १८ मा म्यानचेस्टर सिटीसँग खेल्दै सिजनको यात्रा थाल्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.