default_image

1 year ago

August 8, 2024

लेभरकुसनविरुद्ध आर्सनलको जित

694 views

0 Bookmark

एजेन्सी – इंग्लिस टोली आर्सनलले मैत्रीपूर्ण खेलमा बुधबार जर्मन क्लब लेभरकुसनविरुद्ध जित निकालेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलले लेभरकुसनमाथि ४-१ को जित हात पार्यो । आर्सनलको जित दिलाउन ओलेक्जेन्डर जिनचेन्को, लियान्द्रो ट्रोसार्ड, गाब्रियल जिसस र काइ हाभर्टेजलेगोल गरे ।लेभरकुसनका लागि एडम लोजेकले गोल फर्काए ।

खेलको आठौं मिनेटमा जिनचेन्कोको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । त्यसको १ पछि ट्रोसार्डको गोलमा टोलीको अग्रता दोब्बर बन्यो । जिससले ३८ औं मिनेटमा गोल गर्दै अग्रता ३-० को बनाए । ६५औं मिनेटमा हाभर्टेजले टोलीका लागि चौथो गोल गरे ।

लोकेजले ७६ औं मिनेटमा गरेको गोल लेभरकुसनका लागि सान्त्वना बन्यो ।

प्रिमियर लिगको नयाँ सिजन अगस्ट १७ मा सुरु हुदैछ। पहिलो दिन उल्भ्ससँग खेल्दै आर्नसलले सिजनको सुरुवात गर्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.