1 year ago
August 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ।
जवाहरलाल नेहरु स्टेडियममा बिहीवार भएको खेलमा एफसी गोवासँग २–१ ले पराजित भएसँगै आर्मी अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो।
समूह ‘एफ’ को पहिलो खेलमा आर्मी आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १–० ले पराजित भएको थियो।
गोवाको जितमा अबविहा र सिट्रोय कार्भाल्होले गोल गरेका थिए। आर्मीका लागि वसन्त जिम्बाले गोल फर्काएका थिए।
गोवाका लागि अबवोहाले पहिलो मिनेटमा नै गोल गरेका थिए। कार्भाल्होले ५० औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरेका थिए । आर्मीका वसन्तले ६६औं मिनेटमा गोल गरेका थिए ।

इन्डियन सुपर लिग टोली गोवा लगातार दोस्रो जितसहित नकआउट चरणमा पुगेको छ। यसअघि गोवाले रंगदाजीद युनाइटेडलाई ४–३ ले हराएको थियो। गोवाले समूह चरणको अन्तिम खेल सिलोङसँग खेल्ने छ।
आर्मीले समूह चरणको आफ्नो अन्तिम खेल साउन २९ गते रंगदाजीदसँग खेल्ने छ। रंगदाजीद पनि प्रतियोगिताबाट बाहिरिसकेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]