1 year ago
August 9, 2024
एजेन्सी – क्यानडाको टोरोन्टो क्लबलाई पराजित गर्दै इन्टर मियामीले लिग्स कप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।
अमेरिकाको फ्लोरिडामा शुक्रवार भएको खेलमा मियामी ४-३ ले विजयी भएको हो । मियामीको जितमा माटिन रोर्जसले २ तथा डाइगो गोमेज र लुइस स्वारेजले समान १ गोल गरे । टोरोन्टोका लागि लोरिन्जो इन्सिग २ तथा नोह एलेनले १ गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै रोर्जसले गोल गर्दै मियामिलाई अग्रता दिलाएका थिए । मियामीका लागि ११ औं मिनेटमा गोमेजले गोल गर्दै अग्रता दोब्बर बनाए ।

टोरोन्टोका लागि इन्सिगले १५ औं मिनेटमा गोल गर्दै खेललाई २-१ मा पुर्याए । २० औं मिनेटमा मियामीका लागि स्वारेजले गोल गर्दै अग्रता बढाए ।
मार्टिनेजले २७ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि मियामी १० खेलाडीमा सिमित भएको थियो । टोरोन्टोका इन्सिगले ४१ औं मिनेटमा गोल गरे । १० खेलाडीमा सिमित मियामीका लागि ५९ औं मिनेटमा रोजर्सले अर्को गोल गरे ।
टोरोन्टोका लागि ७९ औं मिनेटमा एलेनले गोल गर्दै खेलमा फर्कने कोसिस गरे पनि त्यो सम्भव भएन । मियामीको अन्तिम १६ को खेल १२ अगस्टमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]