default_image

1 year ago

August 9, 2024

चर्च ब्वाइज च्यालेन्ज लिग प्ले अफको‌ लागि तयार

2334 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- अपि पावर चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिगको प्ले अफका‌ लागि टोली तयार रहेको बताएका‌ छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रम अन्तर्गत साउन २९ गते सहिद स्मारक ए डिभिजन लिग चर्च ब्वाइजले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भुटानको लिग च्याम्पियन पारो‌ एफसीको‌ सामना गर्नेछ ।

पारोमा विदेशी खेलाडीको संख्या बढी भएपनि राष्ट्रिय खेलाडी, विदेशी खेलाडीसहितको आफ्नो टोली सन्तुलित रहेको‌ बताए ।

चर्च ब्वाइजले तयारीका‌ क्रममा त्रिभुवन आर्मी फुटबल क्लबसँग २ र नेपाली यु २० को टोलीसँग ३ वटा मैत्रीपूर्ण खेल खेलेको प्रशिक्षक महर्जनले बताए ।

चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुबन्ध गरेको छ । साउन १ गते देखि टोली प्रशिक्षणमा व्यस्त रहेको बताइएको छ। टोलीको कप्तानी अनन्त तामाङ तथा उपकप्तानमा एरिक विष्ट छन् ।

हाम्रो खेलकुद डट कमले प्ले अफको प्रत्यक्ष प्रसारण गर्नेछ। टिकट खल्ती एपबाट अनलाइन खरिद गर्न सकिने बताइएको छ। साधारण प्यारापिट तर्फको टिकट २ सय र भिआइपी प्यारापिटको ५ सय निर्धारण गरिएको छ। खेल साँझ ६ बजे सुरु हुनेछ ।

क्लबको मुख्य प्रायोजक अपि पावर कम्पनी लिमिटेड रहने छ । किट्स पार्टनरमा एनी रहेको‌ छ । खेलमा केल्मीको बल‌ प्रयोग गरि चर्च ब्वाइजका‌ व्यवस्थापक अशोक थापाले जानकारी दिए। नेपालको लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङ कम्पनीले बल प्रायोजन गरेको हो ।

चर्च ब्वाइजको टोली :

१. अनन्त तामाङ (कप्तान)

२. एरिक विष्ट (उप कप्तान)

३. अञ्जन विष्ट

४. आयुष घलान

५. लाकेन लिम्बू

६. दीप कार्की

७. टेकेन्द्र सिंह थापा

८. रेम्बो कुमार चौधरी

९. सञ्जीव बिष्ट

१०. छिरिङ्ग लामा

११. सनिश श्रेष्ठ

१२. सौभाग्य राई

१३. सन्तोष खत्री

१४. रोहन कार्की

१५. विवेक पौडेल

१६. निरज चौधरी

१७. एकराज बुढाथोकी

१८. योगेश गुरुङ

१९. मनिष कुमार जर्गा

२०. आदित्य शाक्य

२१. ओमोलाजा नुरेन करीम (नाइजेरिया)

२२. पिटर बान्दा (जाम्बिया)

२३. मोजेस ग्याबा त्वाम (घाना)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.