default_image

1 year ago

August 12, 2024

एएफसी च्यालेन्ज लिगको लागि दुवै टोली तयार

1474 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीच भोलि साँझ एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल दशरथ रंगशालामा हुँदैछ।

खेल अगाडि आज भएको प्री म्याच कन्फरेन्समा दुवै टिमले उत्कृष्ट नतिजाको लागि टिम तयार रहेको बताएका छन्।

चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली तयार रहेको बताएको छ। ३ साताको प्रशिक्षणपछि चर्च ब्वाइज पारोसँगको खेलका लागि तयार भएको हो।

चर्च ब्वाइजले यो खेलको लागि राष्ट्रिय टोलीका खेलाडीहरूलाई टिममा अनुबन्ध गरेको छ। क्षमता अनुसार खेल्यो भने राम्रो नतिजा निकाल्न सक्ने प्रशिक्षक बाल गोपाल महर्जनले बताए।

त्रिभुवन आर्मी फुटबल क्लबसँग एक र यु-२० टिमसँग अभ्यास खेल खेलेर टिमको कम्बिनेसन मिलाउन सहयोग पुगेको बताए ।

घरेलु टोली चर्च ब्वाइजले खेल अगाडि दशरथ रङ्गशालामा अफिसियल प्रशिक्षणको अवसर समेत पाएन। यस विषयमा प्रशिक्षक महर्जनले संरचनाको अभाव रहेको बताए। प्रशिक्षणको लागि समेत अप्ठ्यारो स्थिति रहेको जिकिर गरे।

तर कप्तान अनन्त तामाङले रंगशाला खेल्ने अनुभव भएकोले असर नगर्ने र टिम फिजिकली, मेन्टली तयार रहेको प्री म्याच कन्फरेन्समा बताए। पारोमा रहेका स्टार खेलाडी जापानी केसुके होन्डा र अन्य विदेशी खेलाडीले टिमलाई दबाब नरहेको भन्दै टोलीको योजना अनुरूप खेल्ने जानकारी दिए। साथै उनले यो पटक विदेशी भन्दा स्वदेशी खेलाडीमाथी विश्वास गरेको पनि जिकिर गरे।

पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ। उसले जापानका पूर्व स्टार होन्डालाई टिममा भित्राएको छ। होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्। उनी एसियाकै स्टार खेलाडी हुनो। होन्डाको आगमनसँगै टिम मजबुत बनेको बुझाई छ।

तयारी राम्रो भएकोले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक पुष्पलाल शर्माले बताए। नेपाल आएसँगै चुनौतीहरूको सामना गरिरहेको भन्दै दशरथ रङ्गशालाको स्तर उपयुक्त नभएको बताए। उनले खुलेर नै मैदानको आलोचना गरे। नेपालमा लिग नभएको कारण राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको र चर्च ब्वाइजलाई नेपालको राष्ट्रिय टोली बराबर मान्न सकिने बताए।

होन्डा मात्र होइन यो पटक पारो कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ। क्लबले गरेको लगानी अत्याधिक छ। यही कारण टिमलाई जित्नै पर्ने दबाब समेत छ।

गत वर्ष पनि पारो एफसी कप छनौट खेल्न नेपाल आएको थियो। त्यतिखेर मछिन्द्र क्लबसँग पारजित भएको थियो। यो पटक भने टिम कागजमा निकै मजबुत देखिएको छ। खेल दशरथ रंगशालामा मंगलवार साँझ ६ बजे सुरु हुनेछ। यो खेलको हाम्रो खेलकुदले युट्युबमा र एक्सन स्पोर्टसले टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.