1 year ago
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप २०२४ मा सान्त्वना जित निकालेको छ ।
आर्मीले जवाहरलाल नेहरु स्टेडियममा मंगलबार भएको खेलमा रंगदाजीद फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हाे ।
आर्मीको जितमा दुवै गोल जिलेस्पीजंग कार्कीले गरेका थिए । जिलेस्पी ले खेलको २१ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जिलेस्पीले नै खेलको ५७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै आर्मीको जित निश्चित गराएका थिए ।

समूह ‘एफ’ को पहिलो खेलमा आर्मी आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा एफसि गोवासँग २-१ ले पराजित भएको थियो ।
रंगदाजिद अंक बिहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । रंगदाजिदले पहिले खेलमा सिलाङ लाजोङसँग २-० को हार बेहोरेको थियो । दोस्रो खेलमा गोवासँग ४-३ गोलअन्तरले पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]