default_image

4 weeks ago

August 15, 2024

एमबाप्पेको डेब्यु र गोलमा रियल सुपर कप च्याम्पियन

4976 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला लिगा विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ ।

रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो । रियलको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे । एमबाप्पे यसै समरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट फ्रि ट्रान्सफरमा म्याड्रिडमा अनुबन्ध भएका थिए ।

वार्सा पोल्यान्डमा बिहीबार राति भएको खेलमा रियलले एटलान्टाविरुद्ध आफ्नो पहिलो रोजाईकै टोली उतारेको थियो । फेडे भाल्भर्डेले गोलको सुरुवात गरेको ९ मिनेटपछि डेब्यु खेल खेलिरहेका एमबाप्पेले गोल गर्दै रियललाई च्याम्पियन बनाए ।

भिनिसियस जुनियरको पासमा रोड्रिगोको प्रहार क्रसबारमा लागेर फर्कदा रियलले पहिलो हाफमा अग्रता लिन सकेन । थिबाउट कोर्टुवाले दोस्रो हाफको सुरुमै मारियो पासालिकको हेडरलाई उत्कृष्ट बचाउ गर्दे रियललाई खेलमा कायम राखे ।

त्यसपछि ५९औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । भिनिसियसले एक खेलाडीलाई बिट गर्दै जुड बेलिङहमबाट आएको पासमा पछिल्लो ग्यालेक्टिकोको लागि डेब्यु गरिरहेका एमबाप्पे चुकेनन् ।

एम्बाप्पे क्लबका लागि आफ्नो प्रतिस्पर्धात्मक डेब्युमा गोल गर्ने पहिलो म्याड्रिड खेलाडी हुन् ।१२ महिनाअघि बेलिङहमले एथलेटिक बिल्बाओविरुद्धको खेलमा गोल गरेका थिए । त्यसअघि सन् २०१६ मा मार्को एसेन्सियोले सेभियाविरुद्ध सुपर कपमा गोल गरेका थिए ।

रियल म्याड्रिडको यो छैटौं सुपर कप उपाधि हो । यसअघि रियलले सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो । बार्सिलाेनाले पाँचपटक उपाधि जितेकाे छ ।

प्रशिक्षक कार्लाे एन्सेलोटीले पाँचपटक जितेका छन् । एन्सेलोटीले २००३ र २००७ मा एसी मिलानबाट यो उपाधि जितेका थिए ।

उसको पाँच सुपर कप जित कुनै पनि प्रशिक्षकको लागि सबैभन्दा धेरै हो, बुधवारको जितले उसले पेप गार्डियोला (चार) लाई पछि पारेको छ ।

September 11, 2024

एन्फा महिला लिग- शीर्ष स्थानको कोशी र पुलिस खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बुधवार दुई खेल हुँदैछन् । लिगमा आजबाट चौथो राउन्डका खेलहरु सुरु हुदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । कोशी तीन खेलमा शतप्रतिशत जितका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । […]

September 11, 2024

पाराग्वेसँग ब्राजिलको हार

एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ। पाराग्वेले ब्राजिललाई बुधवार १-० ले हराएको हो। पाराग्वेले आठौं खेलमा दोस्रो जित निकालेको हो। पराग्वेको जितमा २०औं मिनेटमा डियगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो । जित पछि १० टोली सहभागी छनोटमा ९ अंकका साथ पराग्वे सातौं स्थानमा छ । अर्को खेलमा […]

September 11, 2024

केनको २ गोलमा इङ्ग्ल्यान्डको जित

एजेन्सी – युइएफए नेसन्स लिगको पहिलो चरणमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले मंगलवार फिनल्यान्डमाथि २-० को जित हात पार्यो । घरेलु मैदानमा भएको खेलमा इङ्ग्ल्यान्डलाई जित दिलाउन दुवै गोल ह्यारी केनले गरे । इङ्ग्ल्यान्डबाट केनको‌ त्यो एक सयौं खेल थियो। केन इङ्ग्ल्यान्डको लागि आफ्नो सयौं खेलमा २ गोल गर्ने पहिलो खेलाडी […]

Success

Thank you for your time.