1 year ago
August 15, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डिज सन् २०२७ को जुनसम्म ओल्ड ट्राफोर्डमा रहने भएका छन् । उनले सन् २०२७ को जुनसम्म युनाइटेडमै रहने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पोर्चुगलका मिडफिल्डर फर्नान्डिजले क्लबका लागि २ सय ३४ खेलमा ७९ गोल गर्नुका साथै ६७ असिस्ट गरेका छन् । २९ वर्षीय फर्नान्डिज सन् २०२० को जनवरीमा स्पोर्टिङ लिस्बनबाट ४ करोड ७० लाख पाउण्डमा युनाइटेडमा आबद्ध भएका थिए ।
‘म्यानचेस्टर युनाइटेडप्रति मेरो लगाव सबैलाई थाहा छ । म देख्दैछु कि भविष्य कति सकारात्मक हुनेछ र म यो टोलीलाई अगाडि बढाउन मन पराउँछु,’ फर्नान्डिजले भने ।
जुलाई २०२३ मा फर्नान्डिजले ह्यारी मागुइरेको स्थानमा युनाइटेडको क्लब कप्तानको रूपमा नियुक्त भएका थिए ।
युनाइटेडका पूर्व कप्तान ग्यारी नेभिल र रोय केनको चर्को आलोचनाका बाबजुद युनाइटेडका प्रशिक्षक एरिक टेन हागले उनीमाथि विश्वास गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]