default_image

1 year ago

August 15, 2024

दशरथ रंगशालाको मैदानका बारेमा राखेप र एन्फाबीच छलफल

685 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन‌ चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच मंगलवार भएको खेलका दौरान दशरथ रंगशालाको खराब अवस्थाको चर्को आलोचना भएको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) बाट राष्ट्रिय खेलकुद परिषद (राखेप) आफैले रंगशाला मर्मतको‌ जिम्मेवारी लिएपनि मैदानको अवस्थामा खासै सुधार नभएपछि आलोचना भएको थियो।

खेलअघि परेको भारी वर्षाका कारण खेलका दौरान मैदान हिलाम्मे भएको थियो। खेल सकिँदा खेलाडीको जर्सी, कट्टु , बुट, मोजा पूर्ण रुपमा हिलाम्मे थियो।

रंगशालाको खराब अवस्थाको कारण आफ्नो पनि आलोचना भएपछि राखेप का सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई त्रिपुरेश्वरस्थित राखेपमा
आफ्नो कार्यकक्षमा बोलाएर दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा छलफल गरेका छन् ।

मैदान स्तरोन्नतीका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच प्रारम्भिक छलफल भएको राखेपले जनाएको छ ।

सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नती गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए ।

‘दशरथ रंगशालाको मैदान स्तरोन्नती गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेश गर्नु होला, ’ सदस्य–सचिव घिसिङले भने, ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।’

यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको बताइएको छ । एन्फा अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरको जनाइएको छ।

त्यो खेलमा चर्च ब्वाइजलाई २-१ ले हराउँदै पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा पुगेको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.