default_image

8 months ago

August 16, 2024

दर्शकले खेल्ने प्रिमियर लिग अर्थात फ्यान्टसी प्रिमियर लिग

1194 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

विश्व फुटबलको सबैभन्दा चर्चित फुटबल लिग, इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदैछ । सहभागी सबै टोलीका प्रशिक्षकहरु ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्दै आफ्नो टोलीलाई उच्च विन्दुमा पुर्याउन तल्लिन छन् । प्रशिक्षक, खेलाडी, रेफ्री लगायत लिगमा प्रत्यक्ष सहभागी हुने मात्र होइन, हिजोआज प्रिमियर लिगले आम दर्शकलाई पनि खेल सुरु हुनुअघि तयारीमा व्यस्त बनाउन थालेको छ । फ्यान्टसी प्रिमियर लिगको माध्यमबाट ।

फ्यान्टसी टिम, अर्थात आफ्नो सपनाको टिम । प्रिमियर लिगले सन् २००३ देखि सुरु गरेको फ्यान्टसी प्रिमियर लिगमा प्रयोगकर्ताले आफ्नो रोजाइको टिम बनाउँछन् । प्रिमियर लिगको हरेक खेलमा हुने प्रदर्शनका आधारमा खेलाडीले अंक पाउँछन् । यसरि दर्शकहरुले आफ्नो रोजाइमा रहेका खेलाडीबाट आफ्नो टिमको कुल अंक प्राप्त गर्छन् । पछिल्लो समय प्रिमियर लिग रुचाउने सबैजसो दर्शकको आ-आफ्नो फ्यान्टसी टिम हुन्छ । कतिपयले त एक भन्दा बढी टिम पनि बनाउने गर्छन् ।

प्रयोगकर्ताले सिजनको सुरुवातमा आफ्नो रोजाइको १५ सदस्यीय टिम बनाउँछन् । त्यसपछि ३८ खेलसम्म हरेक खेलका लागि नयाँ सुरुवाती ११ र वैकल्पिक खेलाडी छनोट गर्न पाइन्छ । हरेक खेलपछि प्रयोगकर्ताले १५ खेलाडीको टोलीबाट १ खेलाडी निशुल्क परिवर्तन गर्न पाउँछन् । एक भन्दा बढी खेलाडी परिवर्तन गर्दा प्रति खेलाडी ४ अंक जरिवाना तिर्नुपर्छ । तपाईंले हरेक साता आफ्नो ट्रान्सफर जोगाएर ५ ट्रान्सफरसम्म राखेर एकैपटक परीवर्तन पनि गर्न सक्नुहुन्छ । यसअघि यो संख्या अधिकतम २ रहेकोमा यसपटक परिवर्तन गरिएको छ ।

कसरी बनाउने टिम ?

प्रिमियर लिगको आधिकारिक फ्यान्टसी खेल्न सुरुवातमा आफ्नो खाता दर्ता गर्नुपर्छ । त्यसपछि प्रिमियर लिगमा सहभागी २० टोलीका खेलाडी मध्यबाट आफ्नो छनोटका १५ खेलाडी छनोट गर्न पाइन्छ । टिम छनोटका लागि १०० मिलियन दिइएको हुन्छ । हरेक खेलाडीको पुरानो प्रदर्शनका आधारमा उनीहरुको मुल्य निर्धारण गरिएको हुन्छ । कुनैपनि टिम बनाउँदा एक क्लबको ३ भन्दा बढी खेलाडी राख्न पाइन्न । हरेक खेलमा कप्तानको अंक भने दुई गुणा हुन्छ ।

कसरी पाइन्छ अंक ?

फ्यान्टसी प्रिमियर लिगमा मैदानमा ६० मिनेटभन्दा कम खेल्ने खेलाडीले १ अंक पाउँछन् । यदि खेलाडीले ६० मिनेटभन्दा बढी समय खेल्छ भने २ अंक प्राप्त गर्छन् । गोल गरेका फरवार्डले ४ अंक पाउँछन् भने मिडफिल्डरले ५ तथा डिफेन्डर र गोलरक्षकले १० अंक प्राप्त गर्छन् । असिस्ट दिएको सबै खेलाडीले समान ३-३ अंक प्राप्त गर्छन् ।

कुनैपनि टोलीले गोल नखाएको अवस्थामा उक्त खेलमा खेल्ने डिफेन्डर र गोलरक्षकले क्लिन सिटको ३ अंक तथा मिडफिल्डरले १ अंक प्राप्त गर्छन् । क्लिन सिटको अंक प्राप्त गर्न खेलाडीले ६० मिनेटभन्दा बढी मैदानमा बिताउनुपर्छ । यदि खेलाडीले ६० मिनेटभन्दा बढी खेलेर मैदान छाड्छ र उनी मैदानमा रहँदा टोलीले गोल खाएको छैन भने क्लिन सिटको अंक पक्का हुन्छ ।

गोलरक्षकले हरेक ३ प्रहार बचाएको थप १ अंक प्राप्त गर्छन् । यसबाहेक पेनाल्टी प्रहार बचाए थप ५ अंक पाउँछन् । पेनाल्टीमा चुक्ने खेलाडीको भने २ अंक घट्छ । पहेंलो कार्डको १ नाक र रातो कार्डको ३ अंक घट्छ । आत्मघाती गोल गर्ने खेलाडीको पनि २ अंक घट्छ । कहिलेकाहीं खेलाडीको अंक नेगेटिभ पनि आउन सक्छ ।

टिमले खाएको हरेक २ गोलमा मैदानमा रहेका डिफेन्डर र गोलरक्षकको १ अंक घट्छ । सँगसँगै खेल अवधिभर राम्रो प्रदर्शन गर्ने तीन शीर्ष खेलाडीले क्रमश ३,२ र १ अंक बोनस प्राप्त गर्नेछन् ।

चिप्स के हो ?

हरेक प्रयोगकर्ताले एक सिजनमा तीन फरक चिप प्रयोग गर्न पाउँछन् । बेन्च बुस्ट प्रयोग गरेको साता टोलीको सुरुवाती ११ सँगै बेन्चमा रहेका सबै खेलाडीको अंक गणना हुन्छ । ट्रिपल क्याप्टेन प्रयोग गर्दा त्यस साता आफ्नो कप्तानले जोडेको अंक तीन गुणा हुन्छ ।

त्यस्तै फ्रि-हिट प्रयोग गरेको साता, एक साताका लागि आफ्नो टोलीमा जति पनि परिवर्तन गर्न पाइन्छ । प्रयोग गरेको अर्को साता टिम अघिल्लो साताकै अवस्थामा हुन्छ । यसको प्रयोग विशेषगरी कुनै साता कम खेल हुँदा प्रयोग गर्न सकिन्छ । ट्रान्सफरमा यसबाहेक सिजनमा दुई पटक वाइल्डकार्ड प्रयोग गर्न पाइन्छ । वाइल्डकार्डको प्रयोग गर्दा टोलीका सबै खेलाडी परिवर्तन गर्दापनि जरिवाना लाग्दैन । यो परिवर्तन भने स्थायी रुपमा नै रहन्छ ।

एफपीएलले यसपटक मिस्ट्री नामक नयाँ चिप्स थपेको छ । यसबारे भने जनवरी २०२५ मा मात्र थाहा हुने उल्लेख गरिएको छ ।

रोमान्च थप्दै लिग र कप प्रतियोगिता

फ्यान्टसीमा सहभागी प्रयोगकर्ताले लिग र कप प्रतियोगितामा जोडिएर थप रोमान्च लिंदै आएका छन् । आफैं पनि बनाउन सकिने यस्ता लिगमा आफ्नो वरपर रहेका साथीहरु एकै लिगमा जम्मा भएर प्रतिस्पर्धा गर्न सकिन्छ । पछिल्लो समय नेपालमा सामाजिक संजालमार्फत थुप्रै यस्ता फ्यान्टसी प्रतियोगिता नै पनि हुँदै आएको छ । रकम लिएर दर्ता गर्दै हरेक साताका विजेतालाई पुरस्कृत गर्ने तछाडमछाड नै चलेको देखिन्छ ।

हाम्रो खेलकुदले पनि लामो समयदेखि आफ्नो लिग गर्दै आएको छ । प्रतिस्पर्धाका लागि नेपाली खेलकुद समर्थकबीच बनाइएको यस लिगमा यसपटक भने पुरस्कार राखिएको छ । सिजनको समग्र विजेताले आफूले चाहेको नेपालको राष्ट्रिय टोलीको जर्सी त्यसै खेलको कप्तानबाट हस्ताक्षरसहित प्राप्त गर्नेछन् ।

लिग कोड : 2qor79

सिधै लिगमा समावेश हुन यहाँ थिच्नुहोस

April 21, 2025

महिला फुटबल टोलीको प्रशिक्षकको आवेदन खुल्ला

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगैउमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि […]

April 21, 2025

श्री कुमारी छैटौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ७६ औं मिनेटमा विनोद […]

April 21, 2025

रियलको जितमा उपाधि दौड रोचक

एजेन्सी – फेडेरिको भाल्भेर्देले इन्ज्युरी समयमा गोल गरेपछि एथलेटिक क्लबलाई १-० ले हराउँदै रियल म्याड्रिडले ला लिगा उपाधि होडलाई जोगाइराखेको छ। इन्ज्युरी समयको तेस्रो मिनेटमा भाल्भेर्देले आफ्नो बाँया हाफ-भली मार्फत गोल गर्दै टोलीलाई जित दिलाए ।यो उनको जारी सिजनको छैटौं लिग गोल हो । डिसेम्बर सेभियाविरुद्ध गोल गरेपछि उनले पहिलो पटक गोल गरेका हुन्। रियल […]

Success

Thank you for your time.