1 year ago
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसियामा महिला फुटबलको विकासका लागि एसियन फुटबल कन्फेडेरेसन(एएफसि) ले पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । पहिलो संस्करणको यस लिगमा नेपाल एपिएफ क्लबले नेपालको प्रतिनिधित्व गर्दैछ । यससँगै नेपाल एपिएफ क्लबले ईतिहास बनाउँदै छ ।
एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली बन्नेछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली विहीबार राती मलेसिया प्रस्थान गरेको छ ।
नेपालमा महिला क्लब फुटबल बामे सर्दै गरेको अवस्थामा छ । नेपालको महिला फुटबल तीन विभागीय टोलीले धानेको छ भन्दा फरक नपर्ला । प्रदेशका टिममा खेलाडी त छन् तर प्रतियोगिता नै छैन् । यस्तो अवस्थामा कुनै क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनु कुनै सपना भन्दा कम हैन ।
एपिएफ महिला लिग च्याम्पियनको हैसियतमा यस प्रतियोगिताका लागि छनोट भएको हो । च्याम्पियनसिपको प्रारम्भिक चरण खेल्न लागेको एपिएफले राम्रो तयारी गरेको राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी नेपाल एपिएफ क्लबकी कप्तान अनिता बस्नेत बताउँछिन् ।

‘अहिले राम्रो भईरहेको छ । बहिनीहरु साम्बा नहुँदा पनि राम्रो मेहेनत गरिरहेका छन्,’ कप्तान अनिताले हाम्रो खेलकुदसँग भनिन् ‘साम्बा नहुदा पनि टिमको होप छ । साम्बा नहुदा बहिनीहरुको प्रदर्शन राम्रो नै हुनेछ । राम्रो गर्नेमा सबै जना विश्वस्त छन् ।’
एपिएफबाट खेल्दै आएकी फरवार्ड साम्बा हाल व्यवसायिक फुटबल खेलका लागि फ्रान्समा रहेकी छिन् । एपिएफकी महत्वपुर्ण खेलाडी साम्बा क्लबले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा टोलीसँग हुने छैनन् ।
लिगमा २२ सदस्य राष्ट्रका क्लबहरुको सहभागीता रहनेछ । जसमा सन् २०२४ को फिफा वरियतामा टप आठमा परेका राष्ट्रका क्लबहरु समूह चरणका लागि सिधै छनोट भईसकेका छन् । लिगमा एसियामा फुटबलका पावर हाउस मानिएका जापान, चीन, ईन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया लगायत देशका क्लबको सहभागीता रहनेछ । बाँकी १४ राष्ट्रले समूह चरणका लागि प्रारम्भिक चरण पारगर्नु पर्ने हुन्छ ।
प्रारम्भिक चरणमा रहेका १४ देशका क्लहरुलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता च्याम्पियन्सिपको समूह चरणका लागि छनोट हुनेछन् ।

प्रारम्भिक चरणका खेलहरु यहि अगस्ट २५ देखि ३१ सम्म हुनेछन् । नेपालको एपिएफ क्लब मलेसियाको सबाह एफसि तथा उज्वेकस्तानको पिएपसि नसाकसँग रहेको छ । यि दुई क्लबलाई हराउँदै समूह चरणमा पुग्ने लक्ष्यमा एपिएफ क्लब रहेको छ । तयारी राम्रो भएको टोलीका प्रशिक्षक राजेन्द्र तामाङ बताउछन् ।
‘तयारीको हिसाबमा भर्खरै महिला राष्ट्रिय टोलीको तयारी गरेर आएको भएर धेरै समय पनि भएको छैन । लेबनानको तयारी भईरहेको थियो । त्यो रद्द हुने बितिक्कै यो तयारी गरिएको हुनाले राम्रो भएको छ,’ प्रशिक्षक तामाङले बताए ।
साम्बाको अनुपस्थिती हुनेभएसँगै आफुले प्लान बी कार्यान्वयन गराएको प्रशिक्षक तामाङले बताए । ‘साम्बाको स्थान लिन अहिले टोलीमा रहेका खेलाडीलाई मुस्किल रहेको छ । तर अहिले व्यक्ति भन्दापनि टिमले काम गर्छ, सबैलाई आफ्नो भूमिका थाहा छ,’ उनले थपे ।

यो लिगका लागि एपिएफले राष्ट्रिय टोलीका खेलाडीलाई भित्राएको छ । एपिएफले राष्ट्रिय टिममा रहेका पुलिस क्लबकी उषा नाथ र अमृता जैसी तथा आर्मीकी अमिशा कार्की र दीपा शाहीलाई भित्राएको हो । राष्ट्रिय टोलीकी प्रतिभाशाली खेलाडी प्रिति राईका लागि पनि यो प्रतियोगिता महत्वपुर्ण रहेको छ । चोट पछिको उनको यो पहिलो प्रतियोगिता पनि हो ।
‘मलाई यसले एकदमै सहयोग गर्नेछ । फोर नेसन कपका लागि भएको क्लोज क्याम्प देखि नै म मैदान फर्केको थिएँ,’ प्रितिले हाम्रो खेलकुदसँग भनिन् ‘प्रशिक्षकले धेरै सहयोग गर्नुभएको छ । राष्ट्रिय टोलीको प्रशिक्षक नै क्लबमा पाउँदा म खुसी छु ।’

महिला फुटबल खेलाडीले सिमित प्रतियोगिता र श्रोत साधनका बीच पनि देशलाई सफलता दिदै आएका छन् । पहिलो सहभागीतामा नै एपिएफलाई प्रारम्भिक चरण पार गर्दै समूह चरण स्थान बनाउने सुनौलो अवसर रहेको छ । एपिएफको टोली प्रतियोगितामा सहभागीता जनाउन बिहीबार बेलुका मलेसिया प्रस्थान गर्दैछ । एपिएफले आईतबार उज्वेकस्तानको नसाफसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार मलेसियाको सबाहसँग खेल्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]