1 year ago
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)-नेपालले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न भुटानको सामना गर्ने भएको छ।
समूह ‘बी’ को शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।
नेपाल समूह ए को दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपाल र भुटानबीचको सेमिफाइनल खेल आइतवार हुनेछ ।
नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोड्यो। बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो। समूह ए मा साविक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो।अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ।
समूह ‘बी’ मा भने भारत विजेता बन्यो। भारत दुवै खेल जित्दै शीर्ष स्थानमा रह्यो।
भुटान तीन अंकसहित समूह उपविजेता बन्यो। माल्दिभ्सले भने अंकविहीन रह्यो। समूह बीको विजेता भारतले अब सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। अघिल्लो संस्करणमा बंगलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]