1 year ago
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको फाइनल खेल मात्र दशरथ रंगशालामा हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सामाजिक संजालमार्फत यो जानकारी दिएको हो ।
शुक्रबार लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण तयार भएको हो । समूह बी मा भारत विजेता र भुटान उपविजेता बने । समूह ए मा अपराजित नेपाल समूह विजेता तथा बंगलादेश उपविजेता रहेका थिए ।
अब पहिलो सेमिफाइनलमा आइतबार नेपाल र भुटान खेल्नेछन् । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ । दोस्रो सेमिफाइनलमा सोही मैदानमा सोमबार भारत र बंगलादेशबीच खेलिनेछ ।
प्रतियोगिताको फाइनल भने बुधबार दशरथ रंगशालामा हुनेछ । फाइनल खेल भने साँझ ५:३० बजे खेलाइने एन्फाले जनाएको छ । एन्फाले यसअघि नै एन्फा कम्प्लेक्समा हुने खेलका लागि टिकट मूल्य ३ सय रुपैयाँ तथा दशरथ रंगशालामा साधारणतर्फ २ सय र भीआइपीतर्फ ५ सय रुपैयाँ रहने पक्का गरिसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]