default_image

1 year ago

August 24, 2024

पिएसजीको फराकिलो जित

890 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वानमा मोन्टपेलियरविरुद्ध फराकिलो जित दर्ता गरेको छ

घरेलु मैदान पार्क डे प्रिन्सेसमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पिएसजीले शनिवार मोन्टपेलियरलाई ६-० ले पराजित गरेको हो ।

जितसँगै पिएसजीले दुई खेलबाट ६ अंक जोडेको छ। मोन्टपेलियरको भने समान खेलबाट १ अंक छ । पिएसजीको जितमा ब्राडली बारकोलाले २ गोल गरे। मार्को एसेन्सियो, अचराफ हाकिमी, वारेन इमरी र ली काङ इनले समान १ गोल गरे ।

बारकोलाले चौथो मिनेटमा नै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा एसेन्सियोले गोल गर्दै अग्रता दोब्बर बनाए ।

बारकोलाले ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-० मा पुर्याए । तेस्रो गोल भएको ५ मिनेट पछि हाकिमीले पिएसजीका लागि चौथो गोल गरे ।

६०औं मिनेटमा इमरीले गोल गर्दै अग्रता ५-० को बनाए । ८२औं मिनेटमा ली काङले पिएसजीका लागि अन्तिम गोल गर्दै खेल जिताए ।

२ खेलमा शतप्रतिशत जितका साथ पिएसजी अंक तालिकाको शीर्ष स्थानमा छ । शनिबार लिग वानमा २ खेल हुँदैछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.