1 year ago
August 25, 2024
एजेन्सी – बार्सिलोनाले एथ्लेटिक क्लबलाई हराउँदै स्पेनिस ला लिगामा लगातार दोस्रो जित हासिल गरेको छ ।
लुइस कम्पनी ओलम्पिक स्टेडियममा भएको खेलमा बार्सिलोनाले एथलेटिकलाई २-१ ले पराजित गरेको हो । बार्सिलोनाको जितमा लामिन यमल र रोर्बट लेभान्डोस्कीले समान १ गोल गरे ।
एथ्लेटिकका लागि ओईहान सान्सेटले सान्त्वना गोल गरे । खेलको २४औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर यमलले प्रहार गोलमा परिणत हुँदा बार्सिलोना सुरुवाती अग्रता लिन सफल भएको थियो । खेलको ४२औं मिनेटमा सान्सेटले पेनाल्टीमा गोल गर्दै एथ्लेटिकलाई खेलमा फर्काए ।
पहिलो हाफ थप गोल हुन सकेन । बार्सिलोनाका लागि ७५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै जित दिलाए । जितसँगै बार्सिलोनाले दुई खेलबाट ६ अंक जोडेको छ । बार्सिलोना ६ अंक सहित तालिकामा दोस्रो स्थानमा छ । एथ्लेटिकको १ अंकसहित १६औं स्थानमा छ ।
शनिबार भएको अर्को खेलमा ओसासुनाले मालोर्कालाई १-० ले हरायो । रियल सोसिडाडले एस्पान्योललाई १-० ले पराजित गर्दा गेटाफे र रियल भालेकानोबिचको खेल गोल रहित बराबरीमा सकिएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]