1 year ago
August 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आज साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न भुटानसँग प्रतिस्पर्धा गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह ३ बजे सुरु हुनेछ।
नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । भुटान समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
नेपालले समूह चरणका दुवै खेल जितेको थियो । समूह चरणमा नेपालले श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ ले पराजित गर्दै ६ अंक जोडेको थियो। भुटानले समूह चरणमा माल्दिभ्सलाई पराजित गर्दा भारतसँग खेल गुमाएको थियो ।
बंगलादेश नेपाल रहेको समूहको उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपाल रहेको समूहको अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ।
साविक विजेता भारत र उपविजेता बंगलादेशबीच सोमबार दोस्रो सेमिफाइनल हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]