1 year ago
August 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेकी छन्।
साउदी अरबको रियादमा भएको एएफसी च्याम्पियन्स लिगको समूह एको खेलमा रेखा आबद्ध अबुधाबी कन्ट्री क्लबले लाओसको योङ एलिफेन्ट्सलाई २-१ ले हराएको थियो ।
अबुधाबीका लागि युगिना तितेथ र रेखाले गोल गरेका थिए। रेखाले दोस्रो हाफमा गोल गरेकी थिइन् । योङले खेलको अन्त्यतिर एक गोल फर्काएको थियो।
रेखा एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। नेपाल पुलिस क्लबकी रेखा गत महिना युएईको क्लबमा आबद्ध भएकी थिइन्।
अबुधाबीले बुधवार म्यानमारको म्यावाडी एफसीसँग र साउदी अरबको अल नासर एफसीसँग ३१ अगस्टमा खेल्ने छ। नासरले पनि आफ्नो पहिलो खेल जितेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले पहिलो पटक आयोजना गरेको महिला च्याम्पियन्स लिगको समूह सीमा नेपालको एपिएफ रहेकोछ।
मलेसियामा एपिएफ आइतवार नै उज्वेकिस्तानको पिएफसी नसाफसँग एपिएफ १-० ले पराजित भएको थियो। समूह सीमा एपिएफले बुधवार सवा एफएसँग खेल्नेछ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]