default_image

1 year ago

August 26, 2024

साफ यु २० सेमिफाइनल – भारत र बंगलादेश खेल्दै

1051 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता भारत र उपविजेता बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको‌ दोस्रो सेमिफाइनल आह एक‌अर्काको सामना गर्नेछन्।

खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । यो सेमिफाइनलको विजेता टोलीले फाइनलमा नेपालसँग खेल्ने छ ।

पहिलो सेमिफाइनलमा आइतवार भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो । १-१ को बराबरी पछि नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएको थियो।

टाइब्रेकरमा नेपालका गोलकिपर जियारत शेखले २ पेनाल्टी रोक्नुका साथै टोलीका लागि चौथो तथा अन्तिम पेनाल्टीमा गोल पनि गरेका थिए।

भारत समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइन प्रवेश गरेको हो । भारतले समूह चरणका दुवै खेलमा जित निकालेको थियो । बंगलादेश भने समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरणमा बंगलादेश नेपालसँग पराजित हुँदा श्रीलंकालाई भने हराएको थियो । अघिल्लो संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.