default_image

1 year ago

August 26, 2024

साफ यु २० सेमिफाइनल – भारत र बंगलादेश खेल्दै

1048 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता भारत र उपविजेता बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको‌ दोस्रो सेमिफाइनल आह एक‌अर्काको सामना गर्नेछन्।

खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । यो सेमिफाइनलको विजेता टोलीले फाइनलमा नेपालसँग खेल्ने छ ।

पहिलो सेमिफाइनलमा आइतवार भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो । १-१ को बराबरी पछि नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएको थियो।

टाइब्रेकरमा नेपालका गोलकिपर जियारत शेखले २ पेनाल्टी रोक्नुका साथै टोलीका लागि चौथो तथा अन्तिम पेनाल्टीमा गोल पनि गरेका थिए।

भारत समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइन प्रवेश गरेको हो । भारतले समूह चरणका दुवै खेलमा जित निकालेको थियो । बंगलादेश भने समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरणमा बंगलादेश नेपालसँग पराजित हुँदा श्रीलंकालाई भने हराएको थियो । अघिल्लो संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.