default_image

1 year ago

August 27, 2024

दशरथ रंगशालामा कृत्रिम घाँस राख्ने प्रस्ताव!

1595 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को जारी कार्यसमिति बैठकले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घाँसे मैदान हटाएर कृत्रिम घाँस राख्न प्रस्ताव गर्ने भएको छ ।

पछिल्लो समय मैदानको कमजोर अवस्थाका कारण एन्फाले यसपटक फिफाको सहयोगमा ३ लाख अमेरिकी डलर खर्च गरेर दशरथ रंगशालामा कृत्रिम घाँस अर्थात आर्टिफिसियल टर्फ राख्ने तयारी गरेको हो । हाल राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्वामित्वमा रहेको रंगशालामा घाँस परिवर्तन गर्न एन्फाले अब प्रस्ताव लग्नेछ । राखेपले सहमति जनाएको खण्डमा एन्फाले फिफाको सहयोगमार्फत टर्फ राख्ने निर्णय गरेको हो ।

त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा रहेको टर्फ पनि परिवर्तन गरिने भएको छ । एन्फाको मैदानमा नयाँ टर्फ राखेर त्यहाँ रहेको पुरानो टर्फ भने लगनखेलस्थित बुद्धिविकास खेल मैदानमा सारिने भएको छ । त्यस्तै एन्फाले गोदावरीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय फुटबल मैदान, कैलाली, सर्लाही लगायत अन्य स्थानमा पनि कृत्रिम घाँसे मैदान निर्माणका लागि बजेट छुट्याउने निर्णय गरेको छ ।

यो पनि : महासचिव राईको तलब २ हजार डलर पुर्याउन अध्यक्षको प्रस्ताव!

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.