default_image

9 years ago

February 8, 2017

प्रिमियर लिगमा इब्राहिमोभिकको कीर्तिमान

174 views

0 Bookmark

लन्डन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार अपराजित खेल संख्याको यात्रालाई १५ पुर्याउँदा टोलीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिकले नयाँ कीर्तिमान बनाएका थिए । साविक विजेता लेस्टरलाई युनाइटेडले ३–० ले हराउँदा दोस्रो गोल इब्राहिमोभिकले गरेका थिए । जारी सिजनमा टोलीका लागि उनको त्यो १५ औं गोल थियो । 

Zlatan scores winner against Leicester in Community Shield

३५ बर्ष १ सय २५ दिनको उमेरमा गोल गरेका इब्रा प्रिमियर लिगको एकै सिजनमा १५ गोल गर्ने सबै भन्दा पाका उमेरका खेलाडी बनेका थिए । यसअघि प्रिमियर लिगमा ३५ बर्ष नाघेर १५ गोल गर्नेमा युनाइटेड टोटेनह्याम र वेस्ट ह्यामका पूर्व स्ट्राइकर टेडी सेरिङ्गहम र चेल्सी का पूर्व मिडफिल्डर फ्रान्क लाम्पर्ड हुन् ।

लाम्पर्डले सन् २०१२/१३ मा चेल्सी बाट १५ गोल पुरा गर्दा उनको उमेर ३४ बर्ष ३ सय ३५ दिन थियो । २०००/०१ मा युनाइेडबाट खेल्दै १५ गोल पुरा गर्दा सेरिङ्गहम ३५ बर्ष १९ दिन पुगेका थिए । त्यो सिजन युनाइटेडले प्रिमियर लिगको उपाधि जितेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.