1 year ago
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक नेपालले बुधबार फाइनलमा बंगलादेशको सामना गर्दैछ ।
फाइनल खेल दिउसो २:३० बजेबाट सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुँदैछ । नेपाल तेस्रो पटक उपाधि जित्ने प्रयासमा रहँदा बंगलादेश पहिलो उपाधिको खोजीमा हुनेछ । जारी प्रतियोगितामा एकमात्र अपराजित टोली नेपाल उत्कृष्ट लयमा पनि देखिएको छ । नेपालले यसअघि सन् २०१५ मा नेपालमै भएको पहिलो र भुटानमा सन् २०१७ मा भएको दोस्रो संस्करण जितेको थियो ।
फाइनलको अघिल्लो दिन नेपालका कप्तान कुशल देउवाले टिम उपाधि जित्न तयार रहेको बताए । तयारी राम्रो रहेको पनि उनले प्री म्याच कन्फरेन्समा जानकारी गराएका थिए ।
नेपाल साफ च्याम्पियनसिपको तेस्रो पटक फाइनलमा पुगेको हो । यसअघि दुवै पटक फाइनलमा पुग्दा नेपालले उपाधि जितेको थियो । यो पटक नेपाली टिम लयमा देखिएको छ । समुह चरणको दुई खेलमा श्रीलंकालाई १-० ले र बंगलादेशलाई २-१ ले हराएको थियो । सेमिफाइनलमा भुटानलाई टाइब्रकेरमा हराएर नेपाली टिम फाइनल पुगेको हो ।
नेपालले जारी च्याम्पियनसिपको समुह चरणमा बंगलादेशलाई २-१ ले हराइसकेको छ । यसले पनि नेपाललाई केहि सहज हुन सक्छ ।

फाइनल दशरथ रङ्गशालामा हुने भनिएपनि एन्फाले मैदानको अवस्थाका कारण सातदोबाटोमा नै फाइनल हुने निर्णय गरेको थियो । मैदानको फाइदा रहने भएपनि दर्शकको साथको कमी महसुस हुने प्रशिक्षक उर्जन श्रेष्ठले बताए । उनले टिमले पूर्ण क्षमता अनुसार खेल्न नसकेको पनि जिकिर गरे । उनले क्षमता अनुसार योजना अनुरूप खेलेमा जित निकाल्न सक्ने बताए ।
बंगलादेश भने समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । तर सेमिफाइनलमा तीन पटकको विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा हराएर फाइनलको यात्रा तय गरेको हो । भारतलाई हराएर फाइनल पुगेको टिममा थप आत्मविश्वासी बनेको छ ।
प्रशिक्षक मारूफुल हकले भारतलाई हराएको पुरानो कुरा भएको र नेपालसँगको फाइनल खेल नयाँ खेल हुने र यो चुनौतीपुर्ण रहने बताए । उनले नेपालको बारेमा जानकारी रहेको र सोही अनुरुप खेल्ने बताए । बङ्गलादेशका कप्तान मोहमद असिफले नेपाली टिम उत्कृष्ट रहेको तथा नेपालको गतिसँग जानकार रहेको बताए । साथै उनले नेपाली टिममा क्वालिटीका खेलाडी रहेको र त्यसको अययन टिमले गरेको बताए ।
बंगलादेश साफ च्याम्पियनसिपको तीन पटकको उपविजेता हो । सन् २०१७ मा राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपाल र बंगलादेशको समान ९ अंक भएपनि हेड टु हेडको आधारमा नेपाल च्याम्पियन बनेको थियो । सन् २०१९ र सन २०२२ मा भने बंगलादेश फाइनलमा भारतसँग हारेको थियो।
छेटौं संस्करणसम्म आइपुग्दा नेपाल र बंगलादेशबीच चार पटक प्रतिस्पर्धा भएको छ । जहाँ नेपालले तीन खेल जित्दा एक खेलमा बराबरी नतिजा निकालेको थियो । यो अर्थ बंगलादेश विरूद्ध नेपाल अपराजित छ । साथै तीन संस्करणपछि फाइनलमा पुगेको कारण उपाधि जित्ने सुनौलो अबसर नेपाली युवा टिमलाई रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]