1 year ago
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बंगलादेश पहिलो हाफमा १-० ले अघि छ । नेपालले आक्रामक सुरुवात गरेपनि २४ मिनेटमै खेलाडी परिवर्तन गरेपछि पकड गुमाउन पुग्यो ।
नवौं मिनेटमा निराजन धामीले ३५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक मोहमद आसिफले मुस्किलले पन्च गरे । त्यसपछि कर्नरमा नेपालले गोलरक्षकलाई समस्या दिन सकेन ।
२१ औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो । बंगलादेशका गोलरक्षक एक अर्कासँग जुधेर लडेपछि निराजनले बल अघि बढाए । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको क्रसलाई अभिनाश स्याङतानले पोस्टको दिशा दिन सकेनन् ।
पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले अग्रता लियो । मिराजुल इस्लामले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट फ्रिकिकमा उत्कृष्ट गोल गरे । उनको फ्रिकिक टप कर्नरमा लाग्दै गोल भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]