default_image

1 year ago

August 29, 2024

‘दशरथ रंगशालाले देशको बेइज्जत भैरहेको छ’- प्रधानमन्त्री ओली

1105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशालाले‌ देशको बेइज्जत भैरहेको बताएका छन्।

काभा महिला नेसन्स लिगमा रजत पदक जितेको नेपाली टोलीको पुरस्कृत गर्न आयोजित कार्यक्रममा बिहीवार प्रधानमन्त्री ओलीले विक्रम सम्वत २०४४ सालमा जेलबाट रिहा भएदेखि दशरथ रंगशाला यतिसम्म बिग्रेको आफूले पहिलो पटक देखेको बताए।

यो मैदानले अन्तराष्ट्रिय स्तरमा नेपालको बेइज्जत भैरहेकोले यसमा सबैको ध्यान जानु पर्नेमा उनको जोड थियो।

साउन २९ गते एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीले नेपालका चर्च ब्वाइजबीच खेल्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान हिल्लामे र खेत जस्तै बनेको थियो।

यही कारण बुधवार साफ यु-२० च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको‌ फाइनल खेल दशरथ रंशालामा हुन सकेन। सबै खेल सातदोबाटो स्थित एन्फा मैदानमा भएको थियो।

एसियन फुटबल कन्फेडेरेसन(एएफसी ) ले गत वैशाखमा फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेलको लागि दशरथ रंगशालालाई अयोग्य ठहर गरेको थियो।

त्यसयता दशरथ रंगशालाको मर्मत र व्यवस्थापनको सबै जिम्मेवारी अखिल नेपाल फुटबल संघबाट राष्ट्रिय खेलकुद परिषदले आफैमा फिर्ता लिएको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.