1 year ago
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा लगातार तेस्रो पटक पटक महिला साफ च्याम्पियनसिप आयोजना हुने भएको छ । दशरथ रंगशालामा साफ च्याम्पियनसिपको छैटौं संस्करण आयोजना भएको दुई वर्षपछि पुनः सोही मैदानमा सातौं संस्करण आयोजना हुने तय भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीवार सम्पन्न बैठकले कात्तिक १ देखि १४ गते सम्म साफ च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ । नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको लगातार तेस्रो पटक हो । नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा साफको पाँचौं संस्करण आयोजना भएको थियो ।
सन् २०१० बाट सुरु भएको दक्षिण एसियाली राष्ट्रहरू मध्ये अफगानिस्तान बाहेक ७ टोलीको सहभागिता रहने साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । यसअघिका ६ मध्ये ५ पटक फाइनल खेल्दा सबैमा नेपाल उपविजेता भएको थियो । २०१६ को चौथो संस्करणमा बाहेक नेपालले सबैमा फाइनल खेलेको थियो ।
पछिल्लो पटक काठमाडौंमा भएको बाहेक सबै फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । २०२२ मा बंगलादेशले पहिलो पटक च्याम्पियन बन्ने क्रममा नेपाललाई हराएको थियो । यसपटक दुई साता सम्म चल्ने साफ च्याम्पियनसिपमा दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहने बताइएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]