default_image

1 year ago

August 30, 2024

एन्फा महिला लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

1430 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने एन्फा महिला लिगको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र हाम्रो खेलकुदबीच शुक्रवार प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको छ ।

एन्फाका महासचिव किरण राई र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । एन्फाको आयोजनामा आइतबार सुरु हुने लिगमा १० टोलीको सहभागिता रहने छ ।

जसमा ३ विभागिय टोली एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, चन्द्रपुर नगरपालिका, संकटा क्लब, कर्णाली प्रदेश बागमती युवा क्लब र वालिङ नगरपालिका छन् ।

लिग दुई चरणमा हुनेछ । पहिलो चरणमा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछन् । उद्घाटन खेल एन्फा कम्पलेक्समा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.