1 year ago
August 31, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा ब्रेन्टफर्डले साउथह्याम्पटनलाई पराजित गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकालेको ब्रेन्टफर्डले साउथह्याम्पटनमाथि ३-१ को जित हात पारेको हो ।
घरेलु मैदानमा ब्रेन्टफर्डलाई जित दिलाउन ब्रायन एमबुएमोले २ तथा योएन विसाले १ गोल गरे । भ्रमणकारी साउथह्याम्पटनका लागि युकिनारी सुगवाराले सान्त्वना गोल फर्काए ।
एमबुएमोले ४३औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६३औं मिनेटमा एमबुएमोले व्यक्तिगत दोस्रो गोल गरे । दोस्रो गोल भएको ५ मिनेट पछि विसाले गोल गर्दै घरेलु टोलीको अग्रतालाई बलियो बनाए ।
आर्सनल छाडेर साउथह्याम्पटन आएका गोलरक्षक आरोन राम्सडेलका लागि डेब्यु भने सुखद रहेन । दोस्रो हाफको इन्ज्युरी समयमा साउथह्याम्पटनका लागि सुगवाराले सान्त्वना गोल फर्काए ।
जितसँगै ६ अंक जोडेको ब्रेन्टफर्ड तालिकाको पाँचौ स्थानमा छ । अंकविहिन साउथह्याम्पटन रेलिगेसन जोनमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]