1 year ago
September 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल खेलाडी संघले बि डिभिजन लिगको यथाशीघ्र मिति तोकेर संचालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएको छ।
खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा गएको टोलीले आइतवार एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।
गत वर्षकै क्यालेन्डरमा समावेश भएको बी डिभिजन लिग आयोजना हुन नसक्दा भने यसले फुटबल खेलाडीलाई मात्र नभइ समग्र नेपालको फुटबललाई नै असर गरेको छ। नयाँ सिजन सुरु हुनुपर्ने समयमा पनि गत सिजनको लिग नसक्दा त्यसले प्रत्यक्ष प्रभाव पारेको छ। तसर्थ खेलाडी संघ घरेलु फुटबल संरचना अन्तर्गतको बि डिभिजन लिग क्लबहरुसँग समन्वय गरी यथाशीघ्र मितिमा तोकेर संचालनमा ल्याउन संघको ध्यानाकर्षण गर्दछौं,’ पत्रमा भनिएको छ।
खेलाडी संघले ए डिभिजन लिग सकिएको झन्डै एक वर्ष बित्न लाग्दा पनि एन्फाले तोकेकै मितिमा नयाँ संस्करण हुने नहुने पक्का गर्न सकेको पनि स्मरण गराएको छ।
नेपाली फुटबलमा नयाँ क्रान्तिको विन्दु बनेको नेपाल सुपर लिग (एनएसएल) को अनिश्चितताले खेलाडीहरुलाई अझ त्रसित बनाएको छ भन्दै खेलाडी संघले एन्फालाई लिगको मिति यकिन गर्नुका साथै एनएसएलको सुनिश्चितताका लागि पहल गर्न पनि आग्रह गरेको छ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]