10 years ago
September 27, 2015
काठमाडौं, असोज १०
एपिएफका कप्तान गणेश लावती उत्साहित भएर आइतबार काठमाडौं फर्कदैछन् । उनी उत्साहित हुनुको कारण उनको जीवनको एउटा महत्वपूर्ण हिस्सा ओगटेको फुटबल हो । लामो समयपछि लिगमा ह्याट्कि गरेपछि उनको उत्साह बढ्नु स्वभाविक हो ।
व्यक्तिगत रुपमा उनको उत्साहमात्र बढेको होइन उनको ह्याट्किले टोलीले शनिबार बुद्ध एयर मोरङलाई हराएपछि ४-१ ले हराएपछि पुरा टोली उत्साहित बनेको छ । ह्याट्कि गर्दा एउटा खेलाडी खुसी हुनु स्वभाविक हो । तर, हामीलाई जितको अन्त्यन्त आवश्यक भैसकेको थियो । टोलीको मनोबल बढाउन पनि जित आवश्यक थियो । त्यो जितका लागि एउटा हिस्सा हुन पाउँदा खुसी लागेको छ । काठमाडौं फर्कने तयारीमा रहेका लावतीले टोलीको उपाधि जित्ने सम्भावना अझै बाँकी रहेको उल्लेख गर्दै भने, सम्भवना छ तर त्यत्तिकै कठिन पनि । कम्तिमा तेस्रो स्थानमा रहेर लिग टुंगाउन सके त्यो पनि नराम्रो होइन । कोशिस च्याम्पियन बन्ने हो ।
लावतीले चार बर्षपछि लिगमा ह्याटिक गर्न सकेकोमा पनि सन्तुष्टि व्यक्त गरे । उनले २०६८ मा तीनवटा खेलमा ह्याट्कि गरेयता शनिबार पहिलो पटक ह्याटिक गरेका हुन् । त्यो सँगै लिगमा उनको लिगमा गोल संख्या ६० पुगेको छ । १३ बर्षदेखि एपिएफमा रहेका उनी भन्छन् , व्यक्तिगत सफलता आफ्नो ठाँउमा छ । एपिएफलाई एक पटक लिग च्याम्प्यिन बनाउने सपना छ । राष्ट्यि टोलीका पूर्व स्टाइकर समेत रहेका ३५ बर्षे उनी अहिले टोलीको पहिलो रोजाइका नियमति खेलाडी होइनन् । तर पनि उनलाई टोलीको सफलता मुख्य लाग्छ । म खेल्नु नखेल्नु ठूलो कुरा होइन,टोली जित्छ की जित्दैन त्यो महत्वपूर्ण हो , उनले भने ।
भूकम्पले लिग स्थगित भएपछि भदौ २८ बाट पुनः सुरु भएको थियो । त्यसपछिका दुवै खेल एपिएफले गुमाएपछि दवावमा परेको थियो । त्यसपछि उपत्यकामा रुस्लान थ्री स्टर र त्रिभुवन आर्मीसँग पराजित भएको एपिएफ मोरड पुगेको थियो । जहाँ जितका साथ टोली काठमाडौं फर्कदा प्रशिक्षक कृष्ण थापा पनि उत्साहित छन् । मोरडसँगको नतिजा बिग्रेको भए त हामी च्याम्प्यिन मात्र होइन, तेस्रोको दौडबाट पनि बाहिरिने थियौं ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]