default_image

1 year ago

September 3, 2024

एन्जिलाले पनि‌ युरोपमा व्यवसायिक फुटबल खेल्ने

5023 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्।

१२ वर्ष भन्दा लामो समयदेखि एपिएफमा‌ आवद्ध रहेकी एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४/०२५ को सिजनका लागि सम्झौता गरे हुन्‌ । उनले केही साता अघि नै सम्झौता भएको जानकारी दिइन् ।

‘उत्साहित छु । पहिलादेखि कोसिस गरिरहेको थिए। गोलकिपरले यसै पनि मौका पाउन गाह्रो छ । तर उचाई मात्रले‌ मात्र फरक पर्दैन भन्ने प्रमाणित गर्नुछ, उनले भनिन्, ‘सेप्टेम्बर २९ बाट सिजन सुरु हुने भएकोले क्लबले छिटो आउनु भनेको छ । भिसा प्रक्रिया भइरहेको छ । साउदी अरबबाट अफर आएको छ।तर पहिला युरोपको मौका मिस नगरौ भन्ने हो‌। ‘

दक्षिण एसियाली मुलुक बाहिर एञ्जिलाले पहिलो पटक खेल्ने अवसर पाएकी हुन्। उनले यसअघि भारतमा दुई सिजन र पाकिस्तानबाट एक सिजन लिग खेलेकी थिइन्।‌

युरोपमा व्यवसायिक फुटबल खेल्ने उनी दोस्रो खेलाडी बन्नेछिन्। राष्ट्रिय टोली र‌ एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब अन आभान्टे ग्वेङगाम्पबाट दोस्रो सिजन खेल्ने तयारीमा छिन्। राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबकी रेखा पौडेल‌ यो सिजन अबुधाबी काउन्ट्री क्लबमा आबद्ध छिन्।

एन्जिलाको जीवनमा आधारित अन्जिला फिल्म यसै वर्ष प्रदर्शनको तयारीमा छ। एन्फा महिला लिगमा आज एपिएफले पुलिसको‌ सामना गर्दा‌ एन्जिला खेल्ने छैनन् ।

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.