default_image

1 year ago

September 3, 2024

सुआरेज अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

695 views

0 Bookmark

एजेन्सी – उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय उनले सोमवार सन्यास घोषणा गरेका हुन् ।

१ सय ४२ खेलमा ६९ गोल गरेका उरुग्वेका सर्वाधिक गोलकर्ता सुआरेजले शुक्रवार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नेछन् ।

सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक सुआरेजले भने,’शुक्रवार राष्ट्रिय टोलीसँग मेरो अन्तिम खेल हुनेछ ।’ उरुग्वेले त्यस दिन पाराग्वेसँग विश्वकप छनोट खेल खेल्नेछ ।

सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका सुआरेजले सन्न्यास लिने यो उपयुक्त समय भएको बताए ।’मलाई थाहा छ कि अर्को विश्वकपमा पुग्न गाह्रो छ। चोटका कारण होइन, आफैंले सन्न्यास लिएको हुँ,’ उनले भने ।

सुआरेज उरुग्वेको टोलीमा ४ वटा विश्वकप र ५ वटा कोपा अमेरिका प्रतियोगिता खेलेका छन् ।

सुआरेज इन्टर मियामीबाट व्यवसायिक फुटबल जारी राख्ने योजनामा छन्। सुआरेजले आयक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोबाट पनि खेलेका थिए।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.