default_image

1 year ago

September 4, 2024

आर्मीको सुखद सुरुवात

882 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुखद सुरुवात गरेको छ ।

सातोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको लिगको पाँचौं खेलमा आर्मीले संकटा क्लबलाई ४-० ले पराजित गर्यो ।

आर्मीलाई जित दिलाउन विमला चौधरीले २, सावित्री देवी मगरर अनिता लम्जेल समान १ गोल गरे।
१९औं मिनेटमा सावित्रीको गोलबाट आर्मीले अग्रता लियो ।

विमलाले ६१औं मिनेट र ७१औं गोल गरेपछि आर्मी बलियो अवस्थामा पुग्यो। उनको दोस्रो गोल कर्नरबाट सोझै गोलमा परिणत भएको हो। ७६औं मिनेटमा अनिता गोल गर्दै आर्मीको गोलअन्तरलाई बढाइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ । लिगको पहिलो चरणको खेल सकिएको छ ।

पहिलो खेलमा कोशी प्रदेशले वालिङ नगरपालिकालाई १-० ले पराजित गर्दा दोस्रो खेलमा सुदरपश्चिम प्रदेशमाथि बागमती युथ क्लबले ५-१ को जित हात पारेको थियो ।

तेस्रो खेलमा कर्णाली प्रदेश र चन्द्रपुर नगरपालीकाले १-१ गोलको बराबरी खेल्दा चौथो खेलमा पुलिस र एपिएफले गोलरहित बराबरी खेलेका थिए ।

बिहीवारबाट लिगको दोस्रो चरणको खेल सुरु हुदैछ । बिहीवार हुने पहिलो खेलमा बागमती र कोशी पतथा दोस्रो वालिङ र कर्णाली बीच दोस्रो खेल हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.